धनकुटा महोत्सव शुरुः पाँच करोड कारोबार गर्ने लक्ष्य

दिव्य रोशनी/
पाँचौँ प्रादेशिक औधोगिक ब्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सव शुरु भएको छ।
शुक्रवार महोत्सवको उद्धघाटन भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले गरेका छन्। उनले धनकुटाको विकास र गरिबी निवारण आफ्नो पहिलो प्राथमिकता रहेको बताए। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्रि राईले जिल्लाको १९ प्रतिशत गरिबीलाई विगतमा १३ प्रतिशतमा झारेको बताउँदै अबको पाँच वर्षमा १० प्रतिशतमा झार्ने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए। उनले धनकुटाको पर्यटन, कृषि, उद्योग, ब्यापार लगायतका सम्पुर्ण बिकास क्षेत्रका लागी आफुले सक्दो भुमिका खेल्ने बताउदै आफनो ५ वर्षे कार्यकालमा पर्यटकहरुलाई धनकुटा घुम्न आउने वातावरण बनाउने समेत बताए।


कार्यक्रममा संविधानसभा सदस्य धनमाया विक (उर्मिला), प्रदेशसभा ‘क’ का सदस्य निरन राई, ‘ख’ का ईन्द्रमणि पराजुली, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङ्ग धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, महालक्ष्मी नरपालिका प्रमुख धुब्रराज राय, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, नेपाली काग्रेसका सभापति दिनेश राई लगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए।
उद्योग बाणिज्य संघ धनकुटाको आयोजना तथा पर्यटन बोर्डको प्रर्बद्धनमा धनकुटा–५ तल्लो टुँडिखेलमा आयोजना गरिएको उक्त “प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषी प्रदर्शनी” एभोकाडो एवं ५ औ धनकुटा महोत्सव आगामी १६ गते सम्म चल्नेछ । महोत्सवमा १ सय ८० बटा ब्यापारीक स्टलहरु राखिएको छभने पाँच करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राईले बताए।
महोत्सवमा एसियाकै रसिलो तथा स्वादिलो एभोकोडाको प्रर्दशनी तथा बिक्रि बितरण, हस्तकला तथा घरेलु, उद्योगबाट उत्पादित सामग्रीहरुको प्रर्दशन, नेपाल पत्रकार महासंघको समन्वयमा प्रदेश १ का पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, रमाईलो बाल उद्यान, उत्कृष्ट कृषि तथा पशुजन्य बस्तु तथा सामग्रीको प्रर्दशन, घोडचढी र बिभिन्न जातिय तथा नेपाली खानाहरुको परिकारहरुको स्टल तथा प्रर्दशनी रहेको छ।


महोत्सवको उद्धघाटन अघि बिभिन्न जातिय झाँकीहरुको र्यालीले बजार परिक्रमा गरेको थियो। “कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, समुन्नत एक नम्बर प्रदेशको आर्थिक विकासको आधार” भन्ने मुल नाराका साथ धनकुटामा २०६५ सालबाट महोत्सव आयोजना गर्न थालिएको आयोजकले जनाएको छ।

20 thoughts on “धनकुटा महोत्सव शुरुः पाँच करोड कारोबार गर्ने लक्ष्य

टिप्पणीहरू are closed.