नेपाल र भारतमा एकै साथ प्रदर्शन हुदै “प्रेमगीत ३”
दिव्य रोशनी(धरान)/ बहुप्रतिक्षित नेपाली फिल्म प्रेम गीत ३ नेपाल र भारतमा एकै साथ प्रदर्शन हुने भएको छ।
आगामी अशोज ७ गते पद्रर्शन मिती तोकिएको प्रेमगीत ३ पहिलोपटक हिन्दी भाषामा डब गरिएको नेपाली फिल्म हो। आईतवार फिल्म प्रमोसनमा क्रममा धरान आईपुगेका फिल्मका कलाकार सुनिल थापाले आफ्नो फिलमको ईतिहासमा नै पहिलो पटक मनाङको माईनस २० डिग्रीमा फिल्म सुटिङ गरिएको बताए। उनले विश्वभरीका १५ सय भन्दाबढी सिनेमा हलमा एकैपटक प्रदर्शन हुने समेत बताए।
यसैगरी पत्रकार भेटघाटमा फिल्मका कार्यकारी निमार्ता चक्र बहादुर चन्दले कोरोना माहामारीले विश्व नै लकडाउन भएको बेला हलमा प्रदर्शनगर्न नसकिएपछि ओटिटि प्लेट फर्ममा रिलिज गर्न हिन्दीमा डब गर्न गएको बेला यस फिल्मले बलिउडमा पनि प्रदर्शन गर्न पाएको बताए। उनले यो फिल्म व्यक्ति विशेषको भन्दापनि अहिले राष्ट्रकै फिल्म बन्न पुगेको बताए। सोहीक्रममा उनले प्रेमगित ३ लाई चिनिया भाषामा पनि डब गरी प्रदर्शन गर्न छलफल भईरहेको समेत खुलासा गरे। यसैगरी चलचित्रका कलाकार मनिस राउत र प्रेम पुरीले फिल्म राम्रो बनेकाले सबै नेपालीहरुले हेरिदिन आग्रह गरे।
छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री लगायतका कलाकारको अभिनय छ।
Pingback: เหยี่ยวไล่นก
Pingback: หนองใน
Pingback: ufabet789
Pingback: https://bookofra.uk/
Pingback: Amusez-vous sur Legiano Casino en Ligne
Pingback: online pharmacy la abeja denver