विहिबार २६९ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय ३२ पिसीआर परिक्षण गर्दा १ सय ८० जना र १ हजार ८ सय २५ एन्टिजेन परिक्षणबाट गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय १५ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ९ लाख ८२ हजार ३ सय ६६ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ५८ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा १ मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट १२ हजार २ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

8 thoughts on “विहिबार २६९ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

टिप्पणीहरू are closed.