क्रियटिभ स्कुल सर्कलको एक दिवसीय फुटवल सम्पन्न

दिव्य रोशनी(धरान)/ क्रियटिभ स्कुल सर्कल (सिएससि) धरानले एक दिवसीय विद्यालय स्तरीय फुटवल प्रतियोगिताको आयोजना गरेको छ।
आज विहिवार धरानको वुढासुब्वा फुटसलमा भएको फाईनल खेलमा देउराली चिल्ड्रेन एकेडेमी धरान–५ विजेता बनेको छभने एक्वा सेकेण्डरी बोर्डिङ स्कुल धरान– १७ उपविजेता बन्न सफल भएको छ।
प्रतियोगितामा देउराली पञ्चकन्या विलिवर्सका रियो राई उत्कृष्ट गोलकिपर घोषित भएका थिएभने एक्वा इङलिस बोर्डिङ स्कुल धरान– १७ का सशिम मगर सर्वाधिक गोलकर्ता घोषित भए।यसैगरी प्रतियोतिामा देउराली चिल्ड्रेन एकेडेमी धरान– ५ का एशब वि.क. लाई उत्कृष्ट खेलाडी घोषित गरीएको थियो । विजेता तथा सहभागी विद्यालयका खेलाडीहरुलाई क्रियटिभ स्कुल सर्कल (सिएससि) धरानका अध्यक्ष गंगाराम राईले ट्रफि, मेडल तथा प्रमाण–पत्र प्रदान गरेका थिए।


प्रतियोगितामा हिविसकस इङलिस बोर्डिङ स्कुल धरान– १५, देउराली पञ्चकन्या विलिवर्स बोर्डिङ स्कुल धरान–५, धरान इङलिस बोर्डिङ स्कुल धरान– ५, आवर होम बोर्डिङ स्कुल धरान–१९ र जोलसाया इङलिस बोर्डिङ स्कुल– ११ ले सहभागीता जनाएका थिए।
२०७६ सालमा स्थापना गरिएको सिएससिले हरेकवर्ष विभिन्न कार्यक्रमहरु गर्दैै आएको छ।