मंगलबार ३१५ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय ८६ पिसीआर परिक्षण गर्दा २ सय ७२ जना र २ हजार ४ सय २४ एन्टिजेन परिक्षणबाट गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय ४ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ५ हजार २ सय ५ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ५२ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप मृतक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ४५ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।