बुधवार थप ४८९७ जनामा कोरोना संक्रमण पुष्टिः १७ को मृत्यु
(दिव्य रोशनी)/ नेपालमा बुधवार थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ४७७४ जना र एन्टिजेन परीक्षणमा १२३ जना गरी ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ७ सय ७३ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७९ हजार २ सय ७९ पुगेको छ।
यसैगरी यसैगरी पछिल्लो पटक थप मृतक १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार २ सय ११ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

टिप्पणीहरू are closed.