मंगलवार थप ४५२४ जनामा कोरोना संक्रमण पुष्टिः १८ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप ४ हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ४३६४ जना र एन्टिजेन परीक्षणमा १६० जना गरी ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ५ सय ५५ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७८ हजार ५ सय ६ पुगेको छ।
यसैगरी यसैगरी पछिल्लो पटक थप मृतक १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार १ सय ९४ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

1,565 thoughts on “मंगलवार थप ४५२४ जनामा कोरोना संक्रमण पुष्टिः १८ को मृत्यु