बुधवार थप २९८ जनामा कोरोना संक्रमण पुष्टिः २ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ९८ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार ७ सय ६८ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ७४ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ५ सय २९ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३८ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

50 thoughts on “बुधवार थप २९८ जनामा कोरोना संक्रमण पुष्टिः २ को मृत्यु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *