एनआईसी एसिया बैंकद्वारा क्युआर कोडको उद्घाटन

दिव्य रोशनी(धरान)/ धरानको एनआईसि एसिया बैंकले व्यवसायीहरुको सुविधालाई ध्यानमा राखी क्युआर कोडको हस्तान्तरण एवं उद्धघाटन गरेको छ।
“डिजिटल नेपाल, हाम्रो अभियान” भन्ने नाराका साथ शुरु गरेको एनआईसि एसियाले धरान ९ स्थित सब्जीमण्डीमा क्यु आर कोड हस्तान्तरणसँंगै उद्धघाटन गरेको हो। कार्यक्रममा धरान उप–महानगरपालिकाका नगर प्रमुख तिलक राईले संस्कार फलफुल पसलमा क्युआर कोड मार्फत ड्रागन फ्रुट खरिद गरी उद्धघाटन गरेका थिएभने नेपाल राष्ट्र बैंक विराटनगरका निर्देशक सचेन्द्र तिमल्सीनाले गुन्द्रुक पसलबाट अकबरे खोर्सानी खरिद गरेका थिए।
कार्यक्रममा नगर प्रमुख तिलक राईले अहिलेको डिजिटल युगमा नगदको कारोवार गर्नुभन्दा क्युआर कोडमार्फत गरिने कारोवार सुरक्षित हुने बताए। उनले साना व्यवसायीहरुपनि आधुनिकतालाई स्विकार गर्दै नगद रहित बैंकङ प्रणाली मार्फत् कारोवारमा प्रवेश गरेकोमा प्रशंसा समेत व्यक्त गरे।


यसैगरी नेपाल राष्ट्रबैंक विराटनगरका निर्देशक सचेन्द्र तिमल्सीनाले डिजिटल अभियान अन्तर्गत नगद रहित बैंकिङ प्रणाली अगााडी बढाईएको बताए। उनले नगद हराउने, चोरी हुने समस्याबाट बच्न पनि डिजिटल बैंकिङ प्रणालीलाई सबैले अवलम्बन गर्नुपर्ने बताए।
सोहीक्रममा निर्देशक सिटौलाले नेपाल सरकारले नयाँ नोट छाप्न वार्षिक १ अर्ब बढी खर्च हु्ने भएकाले पनि क्यु आरको प्रयोगले खर्च रोकिने बताए।
यसैगरी सब्जीमण्डी बजार व्यवस्थापन समितीका अध्यक्ष राम कुमार दासले क्युआरको प्रयोगले नगद चोरी हुनबाट बच्ने र फिर्ता पैसा दिन खुद्रा खोजिरहन नपर्ने भएकाले व्यवसायीहरुलाई सहज हुने बताए।
कार्यक्रममा एनआईसि एसियाका उप–प्रादेशिक प्रमुख दिवाकर भट्टराईले धरानको सब्जी मण्डीमा मात्रै ९० भन्दा बढी क्युआर कोड प्रदान गरिएको बताए। उनले चाँडै नै धरानका विभिन्न व्यापार व्यवसायीहरु माझपनि पुर्याईने बताए। (दिव्य रोशनी साप्ताहिक , वर्ष १६ अंक ४१ बाट साभार)

1,355 thoughts on “एनआईसी एसिया बैंकद्वारा क्युआर कोडको उद्घाटन

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *