धरानमा महिलाहरुलाई थाकलको ब्याग बनाउने तालिम सम्पन्न

दिव्य रोशनी(धरान)/ उद्यमशिल महिला संघ सुनसरीको आयोजित १५ दिने थाकलको ब्याग बनाउने तालिमको समापन भएको छ।
शनिवार नेपाल रेडक्रस सोसाईटी सुनसरीको सभाहलमा आयोजित तालिमका समापनमा प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम बहादुर मगर प्रमुख अतिथी रहेका थिए। उनले अहिलेको संवैधानिक व्यवस्थाले महिलाहरुलाई धेरै अधिकार दिएकाले महिलाहरुपनि चुप लागेर बस्न नहुने बताउँदै पुरुष जतिकै व्यवसायीक क्षेत्रमा समेत अग्रसर रहनुपर्ने बताए।


यसैगरी कार्यक्रममा धरान उप–महानगरपालिकाका उप–प्रमुख मञ्जु भण्डारीले महिलाहरुको क्षमता विकाससँंगै उद्यमी बन्ने चाहनालाई अब वाणिज्य बैंकले २ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराएर पुरा गरिदिने बताए। उनले महिलाहरु वित्तिय साक्षरताको कमीले गर्दा ऋण लिन समेत डराईरहको बताए।
यसैगरी उद्यमशिल महिला संघ बराहक्षेत्रका नगर अध्यक्ष शारदा माझीले परापूर्वकालमा विद्याकी देवी सरस्वती, धन सम्पत्तिकी खानी लक्ष्मी, दानवहरुको नरसंहार गर्ने देवी महिला नै भएपनि अझै समान अवसरबाट बञ्चित हुँदै आएको बताईन्। कार्यक्रममा ईटहरी उप–महानगरपालिकाकी सामाजिक विकास अधिकृत सुशिला कार्की, नेपाल रेडक्रस सोसाईटीका सभापति उमेश थापा, जामुनखाडी पर्यटन समिती झापाका अध्यक्ष खेमराज सिटौला तथा तालिममा सहभागीहरुको तर्फबाट सिर्जना नेपाल लागायतले सम्बोधन गरेका थिए। सोही अवसरमा देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल पर्यटन बोर्ड झापाका कार्यकारी सदस्य तथा संघका सल्लाहकार कृष्ण साह, तालिमका प्रशिक्षक चन्द्रावती चौधरीलाई सम्मान समेत गरिएको थियो।
संघका महासचिव रञ्जु सिग्देलले संचालन गरेको सो कार्यक्रम अध्यष यसोदा कायस्थको अध्यक्षतामा सम्पन्न भएको थियो।
गत चैत्र ६ देखी २० गतेसम्म आयोजित तालिममा सुनसरीका १५ जना महिलाहरुले सहभागिता जनाएका थिए। (साभारः दिव्य रोशनी साप्ताहिक वर्ष १६ अंक ४१बाट)

3,572 thoughts on “धरानमा महिलाहरुलाई थाकलको ब्याग बनाउने तालिम सम्पन्न

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *