पर्यटन व्यवसायीका समस्यालाई सम्बोधन गर

पर्यटन व्यवसायीका समस्यालाई सम्बोधन गर
अहिले विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ। यसको प्रभाव अहिले ११९ भन्दा बढी देशमा देखा परेको छ। यसको प्रभावले विश्वको अर्थतन्त्रमा ठूलो संकट सिर्जना गरेको छ भने नेपाल पनि यसबाट अछुतो हुन सकेको छैन । कोरोनाको प्रभावले नेपालको आर्थिक क्षेत्रमा अझ बढी संकट आउने देखिन्छ । विशेषगरी नेपालको पर्यटन क्षेत्र प्रभावित भएको छ। कोरोनाले गर्दा नेपाल भ्रमण वर्ष २०२० लाई समेत प्रभावित बनाएको छ।जसले गर्दा पर्यटन व्यवसाय विशेषगरी होटल, रेष्टुरेन्ट अहिले धरापमा परेको छ।
यसैक्रममा, धरानमा होटल व्यवसाय समितीले एक पत्रकार सम्मेलनको आयोजना गरेर तिनै तहको सरकारलाई धरानको होटल व्यवसाय रुग्ण बन्दै गएको बताउँदै होटल व्यवसायलाई रुग्ण व्यवसाय घोषणा गर्न माग गर्दै कर, शुल्क, दस्तुर आदिमा छुट गरिदिन आग्रह गरेका छन्।उनिहरुले होटलका नाममा रहेको बैंक ब्याज छुट गरिदिनुका साथै कोरोना प्रभाव रहुञ्जेल किस्ताका लागि तागेता नगर्न र किस्ता सहुलियत गरिदिन माग समेत गरेका छन्।
विशेषगरी १ नं. प्रदेश सरकारले धरानलाई पर्यटन क्षेत्र घोषणा गरेकाले पर्यटनसँंग सम्बन्धित समस्याहरुलाई प्रदेश सरकारले सम्बोधन गर्नुपर्ने आवश्यक्ता अहिले ट्ड्कारो रुपमा देखिएको छ। सरकारले कोरोना भाईरसको प्रभावका कारण अति आवश्यक काम बाहेक बाहिर ननस्किन तथा भिडभाडक्षेत्रमा नजान आव्हान नै गरिसकेको कारण गर्दा अहिले धरानका होटलहरुमा शुन्यता छाएको छ। पर्यटकिय गतिविधी हुन सकेको छैन।जसले गर्दा होटल व्यवसायीहरुले कर्मचारीहरुलाई तलब खुवाउन सक्ने अवस्थामा छैनभने अधिकांश होटलहरु भाडामा संचालन भएका कारणपनि घरभाडा तिर्न र बैंकको ब्याज छुट र किस्तामा तागेता नगर्न आग्रह गरिएको हो।
अहिले कोरोनाका संत्रासका बेला व्यवसायीहरुलाई राहत दिन अनकनाई गर्ने र पछि फेरी विकास र समृद्धी भनेकै पयर्टन हुन् भन्दै फलाक्ने हो भने धरानको पर्यटन किमार्थ अगाडी बढ्न सक्दैन। यदि होटल व्यवसाय रहे पर्यटन बढ्ने हो तर व्यवसायी नै नरहे पर्यटनको कल्पना पनि गर्न सकिदैंन। त्यसैले संघिय, प्रदेश र स्थानिय सरकारले पर्यटनलाई महत्व दिन र व्यवसायीहरुको समस्या सुन्न जरुरी रहेको छ। साथै व्यवसायीहरुलेपनि धरानको पर्यटन क्षेत्रको यस्तो अवस्थालाई सुधार ल्याउन कोरोनाको सङक्रमणबाट बिचल्लीत नभइ आन्तरिक पर्यटनको प्रवद्र्धनमा लाग्नुपर्ने हुन्छ। यसको लागि आन्तरिक रुपमा प्रचारप्रसारको लागि तयारी अवस्थामा बस्ने र कोरोना भाइरसको संक्रमण सकियो भन्ने बित्तिकै धरान सुरक्षित छ भनि प्रचारप्रसार गरी पर्यटक भित्र्याउने योजनामा लाग्नुपर्ने हुन्छ।

12,655 thoughts on “पर्यटन व्यवसायीका समस्यालाई सम्बोधन गर