कोरोना संक्रमणलाई रोक्न आफै सचेत बनौ

नेपाल सरकारले गत चैत्रदेखि झण्डै ४ महिनासम्मको लामो लक डाउन खुलाएसंँगै पुनःकेही स्थानिय तहहरुमा स्थानिय सरकारले लक डाउन घोषणा गर्नु बाध्यता बन्दै गईरहेको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण दैनिक कोरोना संक्रमितको संख्या बढेसंँगै स्थानिय सरकारले पुनःलक डाउनको घोषणा गर्नु परेको हो।यसैक्रममा प्रदेश नं. १ को राजधानी विराटनगरमा पनि समुदायमा नै कोरोना संक्रमण फैलिएपछि विराटनगर उप–महानगरपालिकाले बिहिवार रातीदेखि १५ दिनको लागि लक डाउनको घोषणा गरिसकेको अवस्था छ। यसैक्रममा धरानमा पनि बुधवार ट्राभल हिस्ट्रि नभएका १ व्यक्तिमा कोरोना संक्रमण भएसंँगै धरान उप–महानगरपालिकाले बजार व्यवस्थापनका लागि भनेर बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मको मात्र खुल्ने र अन्य समय बन्द गर्ने निर्णय गरेको छ।
यद्यपी उपमहानगरपालिकाको यस निर्णयलाई व्यापारीहरु स्वयंले अवज्ञा गरेको जस्तो देखिएको छ। यसका साथै समय निर्धारण तालिकाको प्रभावकारीता बनाउन अनुगमन हुन सकेको छैनभने केही अनुगमनकर्ता र प्रहरीले समय सिमा पछि बन्द गराउन आग्रह गर्दापनि नटेरेको पाईएको छ। यसैक्रममा धरानका ठुला÷ठुला व्यापारिक प्रतिष्ठानहरुले उप–महानगरपालिकाको निर्देशनलाई ठाडै अवज्ञागरी साँझ ७ बजेपछिसम्म पनि खुल्लै राखेको पाईएको छ।यसका साथै अनुगमनको कमीले बजारक्षेत्रमा छिटफुट रुपमा बजार बन्द रहेपनि भित्री स्थानमा भने खुल्लै रहेको देख्न सकिन्छ।
वास्तवमा, उप–महानगरपालिकाले जारी गरेको समय ९–५ बजेसम्म बजार खुल्ला राख्दा कोरोना नआउने त्यसपछि बन्द नगरे कोरोना सर्ने भन्ने होईन। उप–महानगरपालिकाले सम्भावित कोरोना संक्रमणको जोखिमलाई टार्न बनाईएको समय सिमा बैज्ञानिक आधार देखिन्दैन।यो फगत समय सिमाको निर्धारण मात्र गरिएको देखिन्छ। साँच्चै नैै उप–महानगरपालिकाले कोरोना संक्रमणको दर वा सम्भावित संक्रमणलाई रोक्न विभिन्न पसल व्यावसायीहरुलाई उद्योग वाणिज्य संघको अगुवाईमा जनचेतनामुलक कार्यहरु गरिनुपर्दछ। पसलहरुमा भौतिक दुरी कायम गर्ने, अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गराउन सकेमा केही हदसम्म भएपनि कोरोना संक्रमण दरलाई कमी गर्न सकिन्छ।
यसैगरी कोरोना रोगबारे अहिले नजाने/नबुझेका मानिसहरु नै छैनन्भने त्यो अनर्थ होला । हरेक बच्चादेखि बुढापाकासम्मले कोरोना के हो ? कोरोना कसरी सर्छ?भनेर जान्दा जान्दैपनि आफ्नै मान्छे हो, मेरो छिमेकी हो, उसलाई कोरोना छैन भनेर आफै कोरोना मुक्त सफाईको चिट दिनाले नै कोरोना संक्रमणको दर बढेको हो। अझ भनौं कोरोना अन्यले भन्दापनि आफ्नै मान्छेले बढी सारिरहेको हरेक तथ्यांकले देखाईरहेको छ। त्यसैले कोरोना संक्रमणलाई रोक्न कुनैपनि समय निर्धारण भन्दा पनि आफै सचेत र बुद्धिमानी बन्नु नै अहिलेको प्रमुख आवश्यक्ता हो।

2,806 thoughts on “कोरोना संक्रमणलाई रोक्न आफै सचेत बनौ

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *