मोरङकी सज्जा चौलागाइ “नेपाल आइडल सिजन–३” की विजेता बनिन्

(दिव्य रोशनी)/मोरङकी सज्जा चौलागाईं नेपाल आइडल सिजन–३ की विजेता भएकी छन्।
शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट उनी विजेता बन्न सफल भएकी हुन्।नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका थिए।
दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता भएको आयोजकले जनाएको छ। सज्जाले विजेता बन्दै ५० लाख रूपैयाँ नगद पुरस्कार पाएकी छन्।
यसैगरी प्रतियोगितामा प्रवीण बेडवाल फस्ट रनर अप भएका छन्। उनले १० लाख रूपैयाँ नगद पुरस्कार पाएका छन्भने किरण कुमार भुजेल सेकेन्ड रनर अप भएका छन्। उनले पनि ५ लाख रूपैयाँ पुरस्कार पाएका छन्।

2,754 thoughts on “मोरङकी सज्जा चौलागाइ “नेपाल आइडल सिजन–३” की विजेता बनिन्

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *