धरानमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो। मेयर नआउदा आलोचना

दिव्य रोशनी(धरान)/ ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस धरानमा पनि मनाईएको छ।
धरान उप–महानगरपालिकाको आयोजना तथा महिला संजाल धरानको संयोजनामा बुधवार धरानमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएको हो। धरानको भानुचौकबाट निकालिएको र्यालीले “ महिला हिंसा बन्द गर, महिला महिला एक हौं, श्रमिक महिला दिवस सफल पारौं” भन्ने नारा लगाउदै उप–महानगरपालिकाको प्राङगणमा पुगी सभामा परिणत भएको थियो।


सभालाई सम्बोधन गर्दै महिला संजाल धरानकी अध्यक्ष सपना राईले महिलाहरुको कार्यक्रममा मेयर हर्कराज राईले बारम्बर धोका दिदै आएको बताईन्। उनीले धरानका महिलाहरुप्रति मेयरको दृष्टिकोण कस्तो रहेछ भनी सुन्न आउदा मेयर कार्यक्रममा अनुपस्थित भएको बताईन्। उनीले भनिन् “ उहाँ पनि श्रम गर्ने मान्छे हो थाहा छ, के हामी चही श्रमीक होईनौं? हामी पनि व्यानर लिएर गिटी कुट्न जाने भनेर सोचिरहदा अब हामीले पनि सोच्नुपर्ने बेला भो।”


अध्यक्ष राईले महिलाहरुले आखा चिम्लेर जिताएर पठाएको मेयरले बारम्बार धोका दिएको आरोप लगाईन्। उनीले समय दिन नसक्ने भए मेयर ढाट्ने होईन जानकारी दिनुपर्ने बताईन्। कार्यक्रममा धरान उप–महानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम वेघा, निमित प्रशासकिय अधिकृत जुनु राई, धरान २ नं वडाअध्यक्ष रमेश राई, संजालकी संस्थापक अध्यक्ष गंगा बराल लगायतले श्रमिक महिला दिवसको शुभकामना दिएका थिए।


कार्यक्रममा धरानका श्रमिक महिलाहरुलाई सम्मान समेत गरिएको थियो। जसमा पुष्प व्यावसायी पवित्र नर्सरीका संचालिका कल्पना लिम्बु, महिला संजाल धरानकी संस्थापिका गंगा बराल, हस्ताकला व्यावसायी मनमाया राई, स्वास्थ्यकर्मी विजया सुब्बालाई सम्मानपत्रले सम्मान गरिएको थियोभने ढाका कपडा व्यावसायी प्रेम कुमारी राई, धरानका पहिलो टेम्पो चालक मालती तामाङ र सफाईकर्मी रुपा परियारलाई जनही नगद ५ हजार सहित सम्मानपत्रले सम्मान गरिएको थियो।

One thought on “धरानमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो। मेयर नआउदा आलोचना

टिप्पणीहरू are closed.