हराईजन बास्केटबल रनिङकपःनेपाल पुलिस क्लब काठमाडौं फाइनलमा

दिव्य रोशनी(धरान)/ सातौँ संस्करणको राष्ट्रिय हराईजन बास्केटबल रनिङकप प्रतियोगिता अन्तर्गत विहिवार भएको खेलमा नेपाल पुलिस क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको छ।
धरान–१७ स्थित हराईजन बास्केटबल कोर्टमा विहिबार सम्पन्न तेस्रो पहिलो सेमीफाइनल खेलमा पुलिसले आयोजक हराईजनलाई ७९ का विरुद्ध ८७ स्कोर निकाल्दै जित निकालेको हो। खेलमा व्यक्तिगत २० स्कोर गरेका पुलिसका सायुन राई म्यान अफ द म्याच घोषित भए। उनले नगद १ हजार ५ सय पाए।
भोलि शुक्रवारको अन्तिम सेमिफाईनल खेल त्रिभुवन आर्मी क्लब काठमाडौँ र साविक विजेता टोली टाईम्स ईन्टरनेशनल क्लब काठमाण्डौका बिच हुने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ ५ सय ५५ रुपैया पाउनेछ। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार प्राप्त गर्नेछन्भने उदयीमान खेलाडीले १० हजार नगद प्राप्त गर्नेछन्। प्रतियोगितालाई धरान उप–महानगरपालिकाले संयोजन गरेको छभने गोर्खा बु्रअरी प्रा.लीले मुख्य प्रायोजन गरेको छ। त्यस्तै प्रतियोगिताका सहप्रायोजकहरुमा सेण्ट जोसेफ स्कुल, एम्स एकेडेमी, धरान १७ समाज हङकङ र धरान युके समाज रहेका छन्।

6 thoughts on “हराईजन बास्केटबल रनिङकपःनेपाल पुलिस क्लब काठमाडौं फाइनलमा

टिप्पणीहरू are closed.