होलील्याण्ड थ्रि बाई थ्रि रनिङ बास्केटबल प्रतियोगिताको उपाधी धरान मेघा र उच्चलाई
दिव्य रोशनी(धरान)/ प्रथम होलील्याण्ड थ्रि बाई थ्रि रनिङ बास्केटबल प्रतियोगिताको उपाधी धरान मेघा र धरान उच्चले जितेको छ।
आईतबार सम्पन्न फाईनल खेलमा पुरुष तर्फ धरान मेघा कलेजले धरान उच्च (ए)लाई १२–१५ स्कोरले पराजित गर्दै विजयी बनेको हो। यसैगरी महिला तर्फ धरान उच्च (ए) ले होलिल्याण्ड (ए) लाई ४–८ को स्कोरले पराजित गर्दै विजयी बनेको छ। विजेता टिमले नगद ४/४ हजार रुपैया सहित रनिङ ट्रफि प्राप्त गरेको छभने उपविजेताद्वय धरान उच्च (ए) र होलिल्याण्ड (ए) ले नगद २/२ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।
प्रतियोगितामा मस्ट भ्यालुएवल प्लेयर महिला विधामा धरान उच्च (ए) की दिक्षा लावती भईन् भने पुरुष विधामा धरान मेघा कलेजका पारुहाङ लिम्बु घोषित भए। दुवैले मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका विजेताहरुलाई धरान वडा नं ९ का वडाध्यक्ष रुपेश आचार्य, होलील्याण्ड प्लस टु संयोजक हेमराज हमाल, होलिल्याण्ड कलेजका डाईरेक्टर अर्जुन मेन्याङबो, होलील्याण्ड स्कुलका प्रधानाध्यापक राज कुमार लिम्बु लगायतका अतिथिहरुले वितरण गरेका थिए।
होलिल्याण्ड इन्टरनेश्नल कलेजको आयोजना तथा हराईजन क्लबको प्राविधिक सहयोगमा सञ्चालन भएको सो प्रतियोगिता माघ ७ र ८ गतेसम्म कलेजको खेल मैदानमा सञ्चालन भएको थियो।
Pingback: โคมไฟ
Pingback: maru ekkamai
Pingback: bookofra.uk
Pingback: pin up azerbaycan
Pingback: Apple gift card