२३ औं गोधुली फुटबल रनिङ कपः धरान ११ र १७ नं वडा बिजयी
दिव्य रोशनी(धरान)/ २३ औं संस्करणको गोधुली फुटबल रनिङ कपमा विहिवार भएको खेलमा धरान ११ र १७ नं वडा विजयी बनेको छ।
धरान १६ स्थित धरान रंगशालामा भएको पहिलो खेलमा धरानको ११ नं. वडाले ४ नं. वडालाई २–० गोल अन्तरले पराजित गरेको हो। खेलमा धरान– ११ का धिरेन लिम्बु र दिनेस राईले गोल गरेका थिए।
खेलको म्यान अफ द म्याच धरान ४ का सरोज लावती घोषित भए। उनलाई नगद १५ सय सहित मेडल पुरस्कार प्रदान गरिएको थियो।
यसैगरी विहिबारै भएको दोस्रो खेलमा धरान १७ ले धरान ७ लाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ। खेलमा धरान १७ का साहिल राई, कृष्ण राई र मिलन राईले २/२ गोल गरेका थिए। खेलमा धरान १७ का साहिल राई म्यान अफ दि म्याच घोषित भए। उनलाई नगद १५ सय सहित मेडल पुरस्कार प्रदान गरिएको थियो। भोली शुक्रवारको पहिलो खेल धरान १२ र १५ नं वडा बिच हुनेछन्भने दोस्रो खेल धरान १९ र धरान २० का बिच हुने आयोजक संस्था गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जनाकारी दिए।

प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उपबिजेताले नगद ७५ हजारका साथमा ट्रफि र प्रमाणपत्र पाउनेछन्भने बिजेता उपबिजेतालाई १८ न.ंं वडाका वडाध्यक्ष प्रविण राई र उनका बुवा ध्यानबहादुर राईले पनि थप २५/२५ हजार रुपैयाँ प्रदान गर्ने भएका छन्।
यसैगरी प्रतियोगितामा वेष्ट प्लेयर खेलाडीले नगद १५ हजार, हाईस्कोररले ७ हजार ५ सय, वेष्ट डिफेन्डर, म्यान अफ दि म्याच, वेष्ट गोलकिपर, वेष्ट कोच, वेष्ट स्ट्राईकर, राईजिङ प्लेयर र वेष्ट मिडफिल्डरले जनही नगद ५ हजार ५ सय प्राप्त गर्नेछन्।
यसैगरी प्रतियोगितामा शिर्ष आठ टिमले उप–महानगरपालिकाले आयोजना गर्ने स्व. सुवास राई स्मृति सुपर लिगमा सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा हालसम्म धरान १९ नं. वडा सर्वाधिक ६ पटक विजयी भएको छभने ८ न.ं वडा ४ पटक र ११ र १७ नं. वडा ३/३ पटक विजयी बनिसकेको छ।
Pingback: vegus666
Pingback: ร้านแว่นที่มีจักษุแพทย์