२४ औं गोधुली फुटबल रनिङ कपः धरान १४ सेमिफाईनलमा (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरान ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै १४ नं वडा २४ औं गोंधुली फुटबल रनिङ कपको सेमिफाईनलमा पुगेको छ।
आईतवार धरान रंगशालामा भएको दोस्रो क्वाटरफाईनल खेलमा धरान १४ का सरोज राईले खेल शुरु भएको १२ औं मिनेटमा पहिलो गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए। यसैगरी खेलको ३२ औं मिनेटमा धरान ११ का तर्फबाट रिवस मास्केले गोल गरी खेललाई बराबरीमा ल्याएका थिए। खेल मध्यान्तरसम्म १–१ को बराबरीमा रह्यो।
यसैगरी दोस्रो हाफको १० औं मिनेटमा धरान १४ का सरोज राईले पुनः गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाउदै टिमलाई विजयी गराएका थिए। प्रतियोगिताको म्यान अफ दि म्याच धरान १४ का सरोज राई घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत भोली सोमवारको तेस्रो क्वाटर फाईनल खेल धरान १३ र ८ नं वडाका बिच हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।


माघ २७ गतेसम्म संचालन हुने प्रतियोगितामा धरानका १८ वटा वडाको मात्र सहभागिता रहेको छ। प्रतियोगिताका बिजेताले नगद १ लाख ५० हजार रुपैया सहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्भने उपबिजेताले नगद ७५ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन। पुरस्कार राशिमा धरान १८ का वडाध्यक्ष प्रबिण राईका पिता ध्यान बहादुर राईले बिजेता र उपबिजेतालाई थप २५/२५ हजार प्रदान गर्ने क्लबले जनाएको छ।
यस्तै बिधागत पुरस्कार तर्फ बेस्ट प्लेयरले नगद १५ हजार, हाइस्कोरले ७ हजार ५ सय प्राप्त गर्नेछन्भने बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्टाइकर, राइजिङ प्लेयर, बेस्ट मिड फिल्डर र म्यान अफ दि म्याचले जनही ५ हजार ५ सय प्राप्त गर्ने आयोजक गोधुली क्लवका उपाध्यक्ष सतिस केसीले बताए।