कोर्स रेकर्ड बनाएका शुक्रलाई सुर्य नेपाल इस्टर्न ओपनको उपाधि
दिव्य रोशनी(धरान)/ सुर्य नेपाल गल्फ टुर २०२२÷२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक शुक्र बहादुर राईले १७ अन्डर १ सय ९३ को कोर्स रेकर्ड सहित उपाधि जित्न सफल भएका छन्। उनले बलभद्र राईले सन २०२० मा बनाएको ९ अन्डर २ सय १ को रेकर्ड तोडे। नयाँ रेकर्ड बनाउने क्रममा उनले लगातार दोस्रो दिन बोगी रहित खेले।
पार ७० को धरान गल्फ क्लबको कोर्समा अन्तिम दिन ७ अन्डर ६३ को उत्कृष्ट स्कोर कार्ड बनाउदै १७ अन्डर १ सय ९३ को नतिजामा धरानकै निरज तामाङलाई आठ स्ट्रोकले हराउदै उपाधि माथि कब्जा जमाए। उनले नगद १ लाख ४० हजार प्राप्त गरे। तेस्रो दिन ३ अन्डर ६७ मा खेल सकाउदै समग्रमा ९ अन्डर २ सय १ सहित निरजले दोस्रो स्थान प्राप्त गरे। उनले नब्बे हजार प्राप्त गरेका छन्। २ अन्डर ६८ मा अन्तिम दिनको खेल सकाएका भुवन नगरकोटीले समग्रमा ५ अन्डर २ सय ५ सहित तेस्रो स्थानमारु चित बुझाए। उनले ६७ हजार नगद पुरस्कार प्राप्त गरे।
इभन पार ७० को स्कोरमा समग्रमा ४ अन्डर २ सय ६ स्कोर सहित सञ्जय लामा चौथो भए। चौथो भएका सञ्जयले ५५ हजार हात पारे। १ अन्डरमा खेल सकाउदै कुल १ ओभर २ सय ११ सहित रामे मगरले पाँचौ हुदै ४७ हजार प्राप्त गरे। समग्रमा २ ओभर २ सय १२ को नतिजामा धन बहादुर थापा र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौ स्थानमा खेल सकाए। उनीहरूले ३८ हजार ७ सय ५० नगद पुरस्कार प्राप्त गरे। आठौ भएका दिनेश प्रजापतिले अन्तिम दिन इभन पार ७० खेल्दै समग्रमा ३ ओभर २ सय १३ मा खेल सकाए र ३४ हजार हात पारे। स्थानीय गल्फर बलभद्र राईले कुल ५ ओभर २ सय १५ सहित नवौ स्थानमा रहे। उनले ३२ हजार प्राप्त गरे। यसैगरी ७ ओभर २ सय १७ सहित सुर्य प्रसाद शर्मा दशौ भए। उनले अन्तिम दिन ४ ओभर ७४ मा खेल सकाए।
एमेच्योरतर्फ २ ओभर ७२ मा अन्तिम दिनको खेल सकाएका राजकुमार राई समग्रमा इभन पार २ सय १० स्कोर सहित उपाधि जित्न सफल भए। उनले युवराज भुजेललाई ३ स्ट्रोकले हराए। युवराजले अन्तिम दिन १ अन्डर ६९ सहित ३ ओभर २ सय १३ मा खेल पुरा गरे। कुल १० ओभर २ सय २० अंक सहित सुन्दर राई तेस्रो भए।
उत्कृष्ट फर्ममा रहेका शुक्र सँग अन्तिम १८ होलको खेल सुरू गर्दा चार स्ट्रोकको अग्रता थियो। अन्तिम दिन दबाब बिना खेलेका उनले फ्रन्ट नाइन ३ अन्डर ३३ मा र ब्याक नाइन ४ अन्डर ३० मा सकाए। उनले तेस्रो, सातौ र नवौ होलमा बर्डी प्रहार गरे। उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदै ब्याक नाइनमा चार सट बचाए। १०औं, १५औं,१६औं र १८ औं होलमा बर्डीको सफलता प्राप्त गरे।
निरजले पहिलो होलमा बोगी खेपे पनि तेस्रो, पाँचौ, छैटौ र नवौ होलमा एक एक सट बचाउदै फ्रन्ट नाइन ३ अन्डर ३३ मा पुरा गरे। यसपछि १५औं र १८औं होलमा बोगीको सामना गरे भने ११औं र १५औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन इभन पार ३४ मा पुरा गरे।
भुवनले फ्रन्ट नाइन २ अन्डर ३४ मा सकाउने क्रममा पहिलो होलमा बोगी खेपे पनि पाँचौ होलमा इगल र छैटौ होलमा बर्डीको सफलता प्राप्त गरे। यसपछि १०औं र १२औं होलमा बोगी प्रहार गरे भने १५औं र १६ औं होलमा एक एक सट बचाएर ब्याक नाइन इभन पार ३४ मा सकाए।
विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्राईभेट लिमिटेडका ब्रान्ड म्यानेजर विदुर राज अधिकारी, रिजनल म्यानेजर दामोदर शर्मा, धरान गल्फ संघका सचिव भरत तामाङ र कार्यकारी सदस्य जगमोहन राईले पुरस्कार वितरण गरे।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता रहेको थियो। प्रतियोगितामा कुल आठ लाख पुरस्कार राशी रहेको थियो। जहाँ उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे। प्रतियोगिता अन्तर्गत शुक्रवार प्रो एम खेल हुनेछ।
Pingback: เมโสหน้าใส
Pingback: betmw168
Pingback: buy botulinum toxin injection
Pingback: modesta
Pingback: max muay thai pattaya
Pingback: ข่าวกีฬา
Pingback: blote tieten
Pingback: mdma drug fact sheet
Pingback: รวมเว็บพนันออนไลน์
Pingback: Exology
Pingback: รับตกแต่งร้าน
Pingback: บริษัทรถเช่า
Pingback: Acquista ossicodone online Texas, Acquista Xanax online, Commander Oxycodone 30 mg, dove acquistare ossicodone in linea, Il posto migliore per acquistare Ossicodone in linea, Livraison Oxycodone 30 mg, Ordina Acquista ossicodone online senza prescrizione,
Pingback: ต่อผมแท้
Pingback: เรียนต่อจีน
Pingback: EndoliftX
Pingback: my free cams tokens value
Pingback: SLOTXO ทางเข้าเกม สมัครฟรี
Pingback: ยอยคัปปลิ้ง