सुनसरी १ प्रदेशसभा १(ख) मा एमालेले अग्रता लिदै
दिव्य रोशनी (धरान)/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(ख) मा एमालेका विजय राईको अग्रता कायमै रहेको छ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार धरानको सभागृहमा आईतवार दिउसो १ः३० बजे सम्म प्रदेशसभा १ (ख) तर्फ २६ हजार ३ सय ४४ मत गणना हुदा नेकपा एमालेका विजय राईले ८३८१ मत पाएका छन्भने राप्रपा (हलो)का अनिश ढकालले ५३०५ मत ल्याएर पछ्याईरहेका छन्। यसैगरी दाप सहितको खुकुरीले ६६६, एकिकृत समाजवादी पार्टी(कलम) ३८०२, ढकिया ६८, ढाका टोपीले २९६, विजुलीको चिम ३०८, पानीको धाराले ३९०, फुटबल खेलाडीले ४०, सारंगीले ३८, क्यालकुलेटर ३२८०,केराको काईयोले ४० र ललाटिनले २४८६ मत पाएको छ।
Pingback: vps forex