सुनसरी १ प्रदेशसभा १(ख) मा एमालेलाई २३९२ मतको अग्रता
दिव्य रोशनी (धरान)/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(ख) मा एमालेका विजय राईले अग्रतालाई बढाउदै लगेका छन्।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार धरानको सभागृहमा आईतवार विहान ९ः४५ बजे सम्म प्रदेशसभा १ (ख) तर्फ २२ हजार ७ सय ९० मत गणना हुदा नेकपा एमालेका विजय राईले ७१४१ मत पाएका छन्भने राप्रपा (हलो)का अनिश ढकालले ४७४९ मत ल्याएर पछ्याईरहेका छन्। यसैगरी दाप सहितको खुकुरीले ५४१, एकिकृत समाजवादी पार्टी(कलम) ३४६९, ढकिया ४१, ढाका टोपीले २८१, विजुलीको चिम २६०, पानीको धाराले ३७०, फुटबल खेलाडीले ३०, सारंगीले ३४, क्यालकुलेटर २३९१,केराको काईयोले ३५ र ललाटिनले २४०५ मत पाएको छ।
