कतार विश्वकप फुटबलमा नेपाली संस्कृति झल्कने कार्यक्रम

लक्ष्मी दर्नाल(दोहा÷कतार) / फिफा विश्वकप फुटबलका प्रेमीहरुको लागि कतारले बिभिन्न स्थानमा विशेष फ्यान जोन बनाएर विश्वकपको मजा लिन ठुला ठुला पर्दा ९द्यष्न क्अचभभल० राखेर बिभिन्न मनोरञ्जनात्मक खेलको साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै फिफा विश्वकप प्रसारण गर्दै आएको छ।
फिफा विश्वकप हेर्न टिकट नपाएका र कामको व्यस्तताले रंगशाला सम्म पुग्न नसकेका फुटबल प्रेमीहरुको हकमा भने फ्यान जोन सम्म पुगेर विश्वकपको मजा लिने दर्शकहरुको भिड लागेको देख्न सकिन्छ।
कतारको वक्रहा, अलखोर, अलविदा पार्क, स्पायर जोन, नयां औधोगीक क्षेत्र साथै एशियन टाउन (ग्राण्ड मल) मा स्थापित फ्यान जोनहरुमा विश्वकप फुटबल हेर्न जानेहरुको संख्या अत्याधिक देख्न सकिन्छ।


फ्यान जोनमा खानाको स्टल विभिन्न खेलका साथै सांस्कृतिक कार्यक्रम हेरेर दर्शकहरुले मनोरञ्जन लिने गरेका छन्।फिफा विश्वकप संगै फ्यान जोनमा नेपाली सांस्कृतिक कार्यक्रम, विश्वकप फुटबल संगै फ्यान जोनमा स्थानीय नेपाली कलाकारहरुको नेपाली संस्कृति झल्किने नृत्यांगनाहरुको नृत्य प्रस्तुतीले दर्शकहरु मन्त्रमुग्ध बनाउन सफल भएको छ।

One thought on “कतार विश्वकप फुटबलमा नेपाली संस्कृति झल्कने कार्यक्रम

टिप्पणीहरू are closed.