धरानमा स्नुकर च्याम्पियन हुने
दिव्य रोशनी(धरान)/ युनिक पुल हाउस एण्ड खाजा घरको आयोजनामा स्नुकर च्याम्पियन २०७९ हुने भएको छ ।
धरान ५ सिरान देउराली स्थित युनिक पुलहाउस एण्ड खाजा घरको उद्घाटनको अवसरमा यही भाद्र २३ गते विहिवारदेखी सो प्रतियोगिता हुन लागेका हो। प्रतियोगितामा धरान भरिका पचास टिमले सहभागिता जनाउने छ । प्रतियोगिताका विजेताले नगद तिस हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि उपविजेताले नगद २० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत पुरस्कार तर्फ प्रतियोगिताको सेन्चुरी व्रेकले नगद १५ हजार र हाइएस्ट वे्रकले नगद १० हजार रुपैया, ट्रफि र मेडल प्राप्त गर्नेछ ।
धरानमा थुप्रै राष्ट्रिय स्तरको व्यवसायीक स्नुकर खेलाडिहरु भएपनि स्थानिय निकायले स्नुकर खेल तथा खेलाडिहरुको लागि कुनै पनि कार्यक्रम योजना नवनाएकाले धरानका स्नुकर खेलाडिहरुलाई प्रोत्साहन गर्न तथा स्नुकर खेललाई प्रर्वद्धन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक एवं आयोजक युनिक स्नुकर हाउस एण्ड खाजा घरका संचालक चन्द्र लिम्वुले वताए। युनिक स्नुकर तथा खाजा घर भाद्र १ गते देखि ट्रायल ओपनिङ्गको रुपमा सुरु भैसकेको छ। प्रतियोगिता दुई हप्ता सम्म चल्नेछ।
Pingback: สล็อตเกาหลี
Pingback: ที่มาของเว็บ Joker24h
Pingback: ร้านแว่นที่มีจักษุแพทย์