नव दुर्गा स्टोन क्रसर प्रा.लीद्धारा सुन्दर हरैंचा मोरङका सय विपन्न परिवारलाई डेढ लाख बढीको राहत वितरण

दिव्य रोशनी(धरान)/ धरान १ का पुराना निर्माण व्यवसायी तथा नव दुर्गा स्टोन क्रसर प्रा.लीका निर्देशक कर्ण श्रेष्ठले सुन्दर हरैंचा मोरङका विपन्न परिवारलाई डेढ लाख भन्दा बढीको राहत वितरण गरेका छन्।
होप धरानको सहजीकरणमा गरिएको राहत वितरणमा निर्देशक श्रेष्ठले सुन्दर हरैंचाका १ सय १ विपन्न परिवारलाई १ लाख ६१ हजार ५ सय ५४ रुपैयाँ बराबरको राहत वितरण गरेका हुन्। वितरण गरिएको राहतमा २ हजार ५ सय २५ केजी चामल ,१६ कार्टुन तेल ,१ सय ६० केजी दाल रहेको होप धरानका संयोजक निश्चल पलिखेले बताए। क्रसर प्रा.लीका निर्देशक श्रेष्ठले उत्कृष्ट व्यवसायीको रुपमा आफुलाई अब्बल राख्दै कोरोनाको महामारीका बेलामा सहयोग गर्ने संस्कारको बानी बसाल्नु पर्छ भन्ने सन्देश दिएको समेत संयोजक पलिखेले बताए। कार्यक्रममा होप धरानद्धारा समाजसेवी श्रेष्ठलाई सम्मान समेत गरिएको थियो।


सुन्दर हरैचा मोरङका उपमेयर धनमाया तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न राहत वितरण कार्यक्रममा सुन्दर हरैचा ६ का वडाअध्यक्ष जीवन कुमार राई, वडा सदस्यहरु टुना कुमारी बिक, कृष्ण प्रसाद चापागाईं, पुष्पाञ्जली टोल विकास समितीका अध्यक्ष गीता राई,माइती नेपाल सुन्दर हरैचा नगर संजालका संयोजक नारायणी भण्डारी, समाजसेवी मातृका ढकाल, हरि श्रेष्ठ र लक्ष्मी सिग्देलको समेत उपस्थिति रहेको थियो।