बुधवार थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि, ७२१९ जना डिस्चार्ज
(दिव्य रोशनी)/ नेपालमा बुधवार थप ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार ३सय १६ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ७१ हजार १ सय ११ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ७ हजार २ सय १९ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ४ लाख ६१ हजार ५ सय ६३ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ७ हजार ५ सय ५५ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।