मेयर तिलक राईद्धारा गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त

दिव्य रोशनी(धरान)/ धरान उप–महानगरपालिकाका मेयर तिलक राईले गणतन्त्र दिवस २०७८ को अबसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
आज एक शुभकामना सन्देश जारी गर्दै मेयर राईले ज्ञात अज्ञात शहिदहरुप्रति श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका आम नगरबासीहरुमा शुभकामना व्यक्त गर्नु भएको हो। ‘गणतन्त्र दिवस २०७८ को अवसरमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो उत्सर्ग गर्नु हुने वीर सहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ मेयर राईद्धारा जारी सन्देशमा भनिएको छ ।
मेयर राईले महान जनआन्दोलन पश्चात प्राप्त गणतन्त्रलाई संस्थागत गर्न देशको राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडी बढाई विकास र समृद्धिको यात्रामा अग्रसर हुन पनि सबैमा आग्रह गर्नुभएको छ । मेयर राईले हालको परिस्थितिमा कोभिड–१९ विरुद्धको अभियानमा सबै एकजुट भई उच्च मनोबलका साथ सफल बनाउन समेत आग्रह गर्नु भएको छ । साथै, गत वर्षदेखि फैलिएको यस कोरोना भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन पनि शुभकामना सन्देश मार्फत मेयर राईले अपिल गर्नु भएको छ।

टिप्पणीहरू are closed.