लकडाउनमा विपन्न परिवारलाई राहत प्रदान गर्दै युथ फर गुड नेपाल

दिव्य रोशनी(धरान)/ सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था युथ फर गुड नेपालले आज धरानका १३ विपन्न परिवारलाई राहत बितरण गरेको छ।
संस्थाका काठमाण्डौ क्षेत्रीय प्रमुख सनम सुबेदिले संस्थाका विभिन्न शाखाहरु मार्फत लकडाउनका कारण हातमुख जोड्न समस्यामा परेका धरानका १३ विपन्न परिवारहरुलाई राहत सामाग्री प्रदान गरिएको बताए। उनले दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएको वर्गलाई आफ्नो संस्थाको फेसबुक पेज मार्फत राहत संकलन गरी आफ्ना भोलेन्टियर मार्फत राहत समग्री वितरण गरिएको बताए। सुबेदिका अनुसार प्रदान गरिएको राहत सामाग्रीमा १० केजी चामल,दाल, नुन तथा तेल रहेको छ।
यसैगरी संस्थाले लकडाउनको अवस्थामा ४ दिन अघि पनि धरान ५ देबीगाउँका विपन्न २ र धरान १३ फुस्रेको १ परिवारलाई राहत सामाग्री प्रदान गरेको थियो।

One thought on “लकडाउनमा विपन्न परिवारलाई राहत प्रदान गर्दै युथ फर गुड नेपाल

टिप्पणीहरू are closed.