धरानमा “ऊनको स्विटर साँझ”

दिव्य रोशनी(धरान)/ नेपाली कथानक चलचित्र “ऊनको स्वीटर” को प्रचारलाई प्रभावकारी बनाउन धरानमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।
बिहिवार धरान १६ स्थित रंगशालाको दक्षिण पट्टी खाली रहेको मैदानमा “ऊनको स्वीटर साँझ” साँझको आयोजना गरिएको हो। सांगितीक साँझमा चलचित्रका मुख्य कलाकारहरु विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बु, प्रेम लिम्बु, गायिका झुमा लिम्बु, कमल कुमारी लिम्बु र निर्देशक नविन चौहान उपस्थिती रहेका थिए।
कार्यक्रममा कलाकार विपिन कार्कीले यहि आउदो बैशाख २६ गते रिलिज हुने चलचित्रलाई सबैले हेरेर प्रतिकृया दिन आग्रह गरे। उनले “शब्दहरु बग्दै बग्दै जाँदा, म पो अलमल अलमलमा परे हौं, शब्दहरु बग्दै बग्दै जाँदा, तमोर नदि बनिदेलान्, हल्लिदै हल्लिदै जाँदा फक्ताङलुङ हिमाल बनिदेलान्….” भन्दै चलचित्रको एक वाक्यांस सुनाए।


त्यस्तै नमस्ते धरान भन्दै स्टेज उक्लिएकि नायिका मिरुना मगरले आफु धरानकै छोरी भएकाले सबैले चलचित्रलाई हरेर माया गरिदिन आग्रह गरिन्। यसैगरी निर्देशक नविन चौहानले दर्शकहरुको हुटिङ र माया नै चलचित्रलाई सफल बनाउने शक्ति भएको बताए। उनले चलचित्रको टिजर हेरेर सकेसम्म धेरै भन्दा धेरै सामाजिक संजालमा शेयर गरिदिन पनि आग्रह गरे। उनले भने “पूर्वको माटोमा उम्रिएको फिल्म अब बिस्तारै फल लाग्न थालेको छ, फल खाएर कस्तो लाग्छ हामीलाई भनिदिनु होला।” उनले आफ्नो डेब्यु निर्देशन भएकाले सबैले हरिदिन पनि आग्रह गरे।


कार्यक्रममा हाँस्य कलाकार विल्सन विक्रम राईले दर्शकहरुलाई पेटमिची मिची हसाउन सफल भएका थिए। उनले विदेश जाँदा नेता तथा कलाकारहरुको भिसा टुरिष्ट भिसा भएपनि मेयर साम्पाङको हङकङ भिसा श्रामको भिषा लागेको भन्दै व्यंग गरे। उनलेभने “सायद श्रामको पिता भएर पो हो कि?” श्रामको शहर भनेर चिनिएको धरानलाई अहिले हर्क साम्पाङको शहर भनेर चिनिएको उनले बताए। दर्शकको अत्याधिक डिमाण्ड पछि “सेन्तेरेम” गीतमा दर्शकहरु झुमेका थिए।
कार्यक्रमको अन्त्यमा दर्शहरुको व्यग्र प्रतिक्षा पछि स्टेजमा उक्लिए चर्चित गायक सुजन चापागाई। उनले लजाएर एक्लै किन, घुमी घुमी, तिमी विना तिमी हुनु, फुल थुंगे रानी, गाला पुक्क, लगायतका आफ्ना एक दर्जन गितहरु दर्शहरु माझ पस्केका थिए। उनलाई “द इन्फिनिटी ब्यान्ड”ले साथ दिएका थिए।
सांगितीक साँझमा “काफ्ले” गीतकी गायिका झुमा लिम्बु र चर्चित गायिका सुनिता थेगिमको पनि विशेष प्रस्तुति रहेको थियोभने एलेक्स पारस र परीक्षा लिम्बु आकर्षक नृत्य प्रस्तुती रहेको थियो।
“ऊनको स्विटर” नवीन चौहानको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र हो। चलचित्रमा विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु लगायतको अभिनय रहेको छ।(दिव्य रोशनी साप्ताहिकबाट)

One thought on “धरानमा “ऊनको स्विटर साँझ”

टिप्पणीहरू are closed.