प्रथम स्व. पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिताः उपाधीका लागी मरिक र ब्रदर्श कलेक्सन भिड्ने
दिव्य रोशनी(धरान)/ प्रथम स्व. पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिताको उपाधीका लागी मरिक एफसि र बद्रर्स कलेक्सन केराबारी भिडने भएका छन्।
धरान १६ स्थित रंगशालामा शुक्रवार भएको पहिलो सेमिफाईनल खेलमा धरान सिटी एफसीलाई ट्राईब्रेकरमा ३–५ गोल अन्तरले हराउदै मरिक एफसि फाईनलमा पुगेको हो। खेलको पहिलो हाफमा धरान सिटीका तर्फबाट निमा शेर्पाले ७ औं मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिएभने मरिक एफसिको तर्फबाट मिलन राईले दोस्रो हाफको १० औं मिनेटमा गोल गर्दै टिमलाई बराबरीको स्थितीमा ल्याई पुर्याएका थिए।
निकै नै प्रतिस्पर्धात्मक भएको खेलको निर्धारित समयसम्म दुवैतर्फबाट थप गोल नभएपछि खेलको नितिजा ट्राईब्रेकरबाट लिईएको थियो। जसमा मरिक एफसिका तर्फबाट सुनिल खड्का, दिनेस राई, अमन लामा, आकाश राई र मिलन राईले गोल गरेका थिएभने धरान सिटी एफसिका तर्फबाट एरिक गुरुङ, तपन कार्की र सौजन राईले मात्र गोल गर्न सके। त्यस्तै धरान सिटीका दिपक गिरीको प्रहार मपिरक एफसिका गोल किपर सुजन थापा मगरले विफल तुल्याएका थिए। उनी खेलको म्यान अफ दि म्याच घोषित भए। उनले नगद २ हजार संगै मेडल प्राप्त गरे।
यसैगरी शुक्रवार नै भएको अन्तिम सेमिफाईनल खेलमा फुट्सल एफसि धरानलाई ट्राईब्रेकरमा नै हराउदै ब्रदर्श कलेक्सन केराबारी फाईनलमा पुगेको छ। निर्धारित समय सम्म दुवैटिमबाट कुनैपनि गोल हुन नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिईएको थियो। जसमा ब्रदर्श कलेक्सनका तर्फबाट बिक्रम चेम्जोङ, विकास परियार, विजय लिम्बु र रमेश राजवंशीले गोल गरेका थिएभने युनिस मगर र योगन राई गोल गर्न असफल रहे। यसैगरी धरान सिटीका तर्फबाट मदन लाबुङ, अमोश लिम्बु र मिजास लिम्बुले गोल गर्न सफल भएभने राज लिम्बु, आशषि पुरी र प्रविन लिम्बु गोल गर्न असफल रहे। खेलमा बदर्श कलेक्सनका गोलकिपर समिर क्षेत्री म्यान अफ दि म्याच घोषित भए।
नेचर क्लब धरानको आयोजना तथा वाईसियल धरानको सहयोगमा संचालन भईरहेको प्रतियोगिताका अन्तर्गत आईतवार हुने फाईनल खेलका विजेता टिमले नगद १ लाख रुपैयाँ पुरस्कार सहित ट्रफी, सर्टिफिकेट र मेडल प्राप्त गर्नेछन्भने उपविजेताले नगद ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछ। त्यस्तै व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई जनही १०÷१० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छभने उत्कृष्ट कोच, राईजिङ प्लेयरलाई नगद ५ हजार प्रदान गरिने प्रतियोगिताका संयोजक श्री सुब्बाले जानकारी दिए।