आज धरान एक्स्पोमा मन्त्र ब्याण्डको लाइभ प्रस्तुती

दिव्य रोशनी (धरान ) /सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजित धरान एक्स्पोमा आज ‘मन्त्र ब्याण्ड’ को लाइभ प्रस्तुती रहने छ ।

धरान एक्स्पोको बाह्रौं दिनमा धराने दर्शकले मन पराएको ‘मन्त्र ब्याण्ड’ को सांगीतिक प्रस्तुती रहने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । दार्जिलिङमा स्थापित मन्त्र ब्याण्डका ‘सँधैं सधैं ’, ‘पहेली’, ‘नयाँ सपना’ लगायतका गीतहरु चर्चित छन् । यस्तै एक्स्पोमा मन्त्र ब्याण्डसँगै स्थानीय कलाकारहरुको समेतको प्रस्तुती हुने संयोजक श्रेष्ठले बताए ।
स्थानीय उत्पादनलाई उच्च प्राथमिकता दिइएको धरान एक्स्पो अवलोकन गर्न आउनेलाई दिनभर प्रवेश शुल्क नलाग्ने संयोजक श्रेष्ठले बताउँदै ‘साँझमाभने राष्ट्रिय कलाकारहरूद्वारा सांगीतिक कार्यक्रम हुनेभएकोले प्रवेश शुल्क २ सय रुपैयाँ रहेको बताए। एक्स्पोमा सवारी साधन पार्किङभने निःशुल्क रहेको छ।
फागुन ११ गतेदेखि सुरु भएको एस्क्पोमा रोटेपिङ,, किड्स जोन, स्थानीय अग्र्यानिक उत्पादनका सामाग्री तथा छिमेकी राष्ट्र भारत र पिाकिस्तानबाट समेत आकर्षक लत्ताकपडा र कस्मेटिक सामाग्रीहरु बिक्री वितरणका लागि राखिएका छन्।