आप्रवासी कामदारहरुका लागि वित्तिय साक्षता कार्यक्रम

दिव्य रोशनी (धरान)/वैदेशिक रोजगारबाट फर्किएर आएका महिला तथा पुरुषहरुलाई एक दिने वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ ।
फिनलिट फाउण्डेशनद्वारा आज मंगलबार धरानको होटल स्टार पूवीमा आयोजित कार्यक्रममा धरानमा बसोबास गर्ने ४० जना आप्रवासी कामदारहरुका लागि वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको हो।
फाउण्डेशनका संस्थापक अध्यक्ष गौरव थापाले यस कार्यक्रमद्वारा अनसाईट र अनलाईन मोडलहरु मार्फत् बचत, लगानी, रेमिट्यान्सको उपयोग, ऋणको उपयोग र उद्यमशीलताका बारेमा केन्द्रित रहि साक्षरता गर्दै आएको बताए । साथै उनले यस कार्यक्रम ७ वटै प्रदेशमा सञ्चालन गरिने बताउँदै कोशी प्रदेशको धरानबाट शुरु गरिएको बताए । यस्तै अन्य प्रदेशहरुमाभने विद्यार्थी, उद्यमीका साथै भिन्न क्षमता भएकाहरु समेतलाई वित्तिय साक्षरता प्रदान गरिने अध्यक्ष थापाले बताए ।


स्ट्याण्डर्ड चार्टड बैंक धरान शाखाका म्यानेजर निमेष श्रेष्ठले स्याण्डर्ड चाटर्ड बंैकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फिनलिट फाउण्डेशनसँग सहकार्य गरेको बताए । साथै उनले सबैले बचत गर्ने बानी बसाएमा आफु लगायत आफ्ना बच्चाहरुको भविष्य सुनिश्चित हुने बताए ।
कार्यक्रमका सहभागीहरुले यस कार्यक्रम सबैको लागि उपयोगी भएको बताउँदै स्वदेशमा बस्ने आप्रवासी कामदारहरुलाई उचित लगानी गरि रोजगारमुखी बनाउन बनाउन समेत सुझाव दिए ।