शनिवार देखी २४ औं गोधुली फुटबल रनिङ कप हुँदै

दिव्य रोशनी(धरान)/ २४ औं गोधुली फुटबल रनिङ कप प्रतियोगिता शनिवार देखी शुरुहुने भएको छ।
शुक्रवार धरानमा आयोजित पत्रकार सम्मेलनमा आयोजक गोधुली क्लबले सो कुराको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा क्लवका उपाध्यक्ष सतिस के.शी.ले धरान नगरको फुटबल विकासको साथै नव प्रतिभाशाली खेलाडीहरुलाई अवसर प्रदान गर्ने उदेश्य सहित विगत २०५० सालदेखी आयोजना हुदै आएको गोधुली फुटबल रनिङ कप फुटबल प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फुटबल खेलको क्षेत्रमा विशेष महत्व राखेको बताए। उनले यस प्रतियोगिता आयोजना हुनु धरानवासी तथा खेलप्रेमीहरुका लागी ठुलो गौरवको कुरा भएको बताउदै खेलाडीहरुको लागी आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पनि भएको बताए।


माघ १३ गतेदेखी २७ गतेसम्म संचालन हुने प्रतियोगितामा धरानका १८ वटा वडाको मात्र सहभागिता रहने भएको छ। गतवर्ष धरान १५ नं वडा प्रोटेष्टमा परेकाले कारवाही स्वरुप यसपटक प्रतियोगितामा समावेश हुनपाउने छैनभने धरान २ नं वडाले पनि सहभागिता नजनाउने भएको छ। धरान १६ स्थित रङशालामा हुने प्रतियोगिताको उद्धघाटन धरान १७ का वडाध्यक्ष सुर्य भट्टराई (मनोज)ले गर्ने तय भएको क्लबले जनाएको छ। उद्घघाटन खेलमा वडा न ५ र वडा न ७ बिच हुने आयोजक क्लबका सचिव युवराज अधिकारीले बताए।
प्रतियोगितामा बिजेताले नगद १ लाख ५० हजार रुपैयासहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्भने उपबिजेताले नगद ७५ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन। पुरस्कार राशिमा धरान १८ का वडाध्क्ष प्रबिण राईका पिता ध्यान बहादुर राईले बिजेता र उपबिजेतालाई थप २५÷२५ हजार प्रदान गर्ने क्लबले जनाएको छ। यस्तै बिधागत पुरस्कार तर्फ बेस्ट प्लेयरले नगद १५ हजार, हाइस्कोरले ७ हजार ५ सय प्राप्त गर्नेछन्भने बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्टाइकर, राइजिङ प्लेयर, बेस्ट मिडफिल्डर र म्यान अफ दि म्याचले जनही ५ हजार ५ सय प्राप्त गर्ने भएको छ।