तेस्रो असोक बास्फोर बास्केटबलःबिराटनगर, ब्रदस, बिर्तामोड, मिराकल, इमोर्टल र यलम्बर बिजयी
डायनामिक युथ क्लवको आयोजनामा आयोजित तेस्रो अशोक वास्फोर स्मृति बास्केटवल प्रतियोगिताको तेस्रो चौथो दिन भएको खेलमा बिराटनगर, ब्रदस, बिर्तामोड, मिराकल, इमोर्टल र यलम्बर क्लब बिजयी भएको छ ।
लिग कम नकाउटको आधारमा भएको प्रतियोगिताको मङ्गलबार भएको खेलमा बिराटनगरले इटहरीलाई ४०-३३, ब्रदसले रेड डेभिल्सलाई ८०-४१, बिर्तामोडले धनकुटालाई ६६-४२, मिराकलले तरहरालाइ ६८-५०, इमोर्टलले चक्रपथलाई ८३-५६ र यलम्बरले होराइजनलाइ ७४-५२ अंकको अन्तरले पराजित गरेको छ । खेलमा बिराटनगरका सुरज बस्नेतले १७, ब्रदसका कबिन मगरले २१, धनकुटाका कैलाश लिम्बू २६, मिराकलका साहिल तामाङ र इमोर्टलका निकेस मगरले समान ३९ अंक र यलम्बरका दिवस राइले ब्यक्तिगत ३३ जोडेका थिए ।
प्रतियोगिताका विजेताले नगद ६० हजार रुपैया, उपविजेताले नगद ३० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडिले नगद ११ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको सम्पुर्ण खेल धरान रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा हुनेछ । प्रतियोगितामा धरान, इटहरी, तरहरा, झापा, मोरङ, धनकुटा, काठमाण्डौ गरि १२ टिमले सहभागिता जनाएको छ ।