धरान १७ गोधुली फुटबल रनिङ कपको सेमिफाईनलमा
दिव्य रोशनी(धरान)/ धरान २० लाई हराउदै धरान १७ गोधुली फुटबल रनिङ कपको सेमिफाईनलमा प्रवेश गरेको छ।
धरान १६ स्थित धरान रंगशालामा मंगलवार भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा धरान १७ ले धरान २० लाई ५–२ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो। खेलमा धरान १७ का कृष्ण राईले ३ गोल गरेका थिएभने शुसिल राई र साहिल राईले १/१ गोल गरेका थिए। यसैगरी धरान २० का तर्फबाट गौरब राई र प्रकाश राईले १/१ गोल गरेका थिए। खेलको म्यान अफ द म्याच धरान १७ का कृष्ण राई घोषित भए। उनलाई नगद २ हजार सहित मेडल पुरस्कार प्रदान गरिएको थियो।


भोली बुधवारको पहिलो सेमिफाईनल खेल धरान १५ र ५ नं वडा बिच हुने आयोजक संस्था गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए।
प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उपबिजेताले नगद ७५ हजारका साथमा ट्रफि र प्रमाणपत्र पाउनेछन्भने बिजेता उपबिजेतालाई १८ न.ंं वडाका वडाध्यक्ष प्रविण राई र उनका बुवा ध्यानबहादुर राईले पनि थप २५/२५ हजार रुपैयाँ प्रदान गर्ने भएका छन्।
यसैगरी प्रतियोगितामा वेष्ट प्लेयर खेलाडीले नगद १५ हजार, हाईस्कोररले ७ हजार ५ सय, वेष्ट डिफेन्डर, म्यान अफ दि म्याच, वेष्ट गोलकिपर, वेष्ट कोच, वेष्ट स्ट्राईकर, राईजिङ प्लेयर र वेष्ट मिडफिल्डरले जनही नगद ५ हजार ५ सय प्राप्त गर्नेछन्।
यसैगरी प्रतियोगितामा शिर्ष आठ टिममा पर्न सफल धरान १, ५, ११, १४, १५, १६, १७ र २० ले उप–महानगरपालिकाले आयोजना गर्ने स्व. सुवास राई स्मृति सुपर ८ लिगमा सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा हालसम्म धरान १९ नं. वडा सर्वाधिक ६ पटक विजयी भएको छभने ८ न.ं वडा ४ पटक र ११ र १७ नं. वडा ३/३ पटक विजयी बनिसकेको छ।
Pingback: orange hawaiian mushroom for sale magic boom bars where to buy psilocybin capsules for sale
Pingback: find more information
Pingback: บุหรี่นอกราคาถูก
Pingback: ซื้อหวยออนไลน์
Pingback: pk789