महिला संजाल धरानको पदस्थापन सम्पन्न

दिव्य रोशनी (धरान)/ महिला संजाल धरानको छैठौ पदस्थापन पदस्थापन आज सोमबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्ष चेतना श्रेङले नवनिर्वाचित अध्यक्ष सपना राई सहितको पदाधिकारीहरुलाई पदस्थापन गराएका थिएभने संजालका प्रमुख निर्वाचन आयुक्त मोहन श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।


संजालका बरिष्ठ उपाध्यक्षमा यसोदा कायस्थ, उपाध्यक्षद्धयमा साबित्री ईवारम, निर्मला शाक्य, सचिवमा ईन्द्रकला राई, सह सचिवद्धयमा निर्मला नेपाल, सकुन्तला भुसाल, कोषाध्यक्षमा कुमारी राई, सहकोषाध्यक्षमा कल्पना शेर्पा रहेका छन्भने सदस्यहरुमा मधु स्थापित, उत्तरा शाक्य र मनिता चाम्लिङ, रिता खापुङ, ज्योती लिम्बु, सीता लकान्द्री, बिना पुमा राई, देविका विमली, रेखा कार्कीृ, मञ्जु शाक्य रहेका छन्।


कार्यक्रममा संजालका सल्लाहकारहरु सुनिल नेपाल, विष्णु बराल, मोहन श्रेष्ठ लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियोभने प्रदेश १ का सभासदस्यमा निर्वाचित संजालका बरिष्ठ उपाध्यक्ष यसोदा कायस्थलाई समेत सम्मान गरिएको थियो।


कार्यक्रमका प्रमुख अतिथी प्रदेश ंनं.१ का प्रदेशसभा सदस्य सपना परियारले महिला हिंसाका घटना तथा देशको विकास र समृद्धिमा संजालले महत्वपूर्ण भूमिका खेलेको बताउँदै यसले महिलाहरुको अधिकारको निम्ति भावनात्मक एकता जगाएको बताईन्। त्यसैगरी विशेष अतिथी धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले नगर सरकारले सामाजिक विकृती र विसंगतीका विरुद्ध संजालसंग सहकार्य गर्दै जाने बताए । कार्यक्रममा नेपाली कांग्रेस धरान नगर समितीका अध्यक्ष श्याम पोख्रेल, ईलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेक थिए।
संजालका अध्यक्ष सपना राईद्वारा धन्यवाद मन्तव्य व्यक्त गरिएको सो कार्यक्रम सचिव ईन्द्रकला राईले सञ्चालन गरेकाी थिईन्।

11 thoughts on “महिला संजाल धरानको पदस्थापन सम्पन्न

टिप्पणीहरू are closed.