नेवा च्यारिटि फण्डद्धारा शैक्षिक सामग्री वितरण

स्वास्थ्यको लागी दौड प्रतियोगिता गराउदै आएको धरान रनले नेवा च्यारिटि फण्ड अन्तरर्गत गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सैक्षिक सामग्री वितरण गरेको छ ।
शनिवार धरान रनले आफ्नै कार्यलयमा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरि १४ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो। कार्यक्रममा धरान रनका अध्यक्ष रोमु राईले उपस्थित १२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, पोशाक, जुत्ता, ट्रयाकसुट, छाता प्रदान गरेका थिए। उनले नेवा च्यारिटि फण्ड अन्तरर्गत १२ जना विद्यार्थीहरुलाई वर्षमा तिन पटक आवश्यक शैक्षिक सामाग्री संगै छात्रवृत्तिमा अध्यन गराइरहेको जानकारि दिए। अध्यक्ष राईका अनुसार धरान रनले कोषवाट आएको व्यजि रकमले सहयोग सामाग्री खरिद गरि हस्तान्तरण गर्दै आएको छ । यस पटक २०८० सालमा करिव एक लाख रुपैया वरावरको शैक्षिक सामग्री वितरण गरेको छ।
धरान रनले २०७५ सालमा नेवा एजुकेशन फण्ड स्थापना गरेका हो । हरेकवर्ष आयोजना गर्ने १० किलोमिटर नेवा च्यारिटि रन प्रतियोगिता वाट उठेको रकमले नेवा एजुकेशन फण्डको स्थापना गरिएको अध्यक्ष राईले जानकारी दिए। अहिले सम्म कोषमा करिव १२ लाख रुपैया रहेको छ। शैक्षिक सामग्री वितरण संगै धरान रनले यहि फागुन १२ गते संपन्न हुन लागेको १२ औं नेवा च्यारिटि १० के रन सफल वनाउन सम्पुर्णमा सहयोगका लागि आह्वान समेत गरेको छ।
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, धरान रन अध्यक्ष रोमु राई, नेपाल फोटो पत्रकार महासंघ सुनसरी अध्यक्ष विकास चाम्लिङ राई लगायतले वितरण गरेका थिए ।(दिव्य रोशनी साप्ताहिकबाट)