वीर गणेशमानको २६ औं स्मृति दिवसमा द्धिप प्रज्वलन(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरानमा वीर गणेशमानको २६ औं स्मृति दिवसमा द्धिप प्रज्वलन गरिएको छ।
नेपाली काग्रेंस नगर समिती धरानको आयोजनामा आज मंगलवार धरानको गणेशमान चौकमा वीर गणेशमानको २६ औं स्मृति दिवसमा द्धिप प्रज्वलन गरिएको हो।
नेपाली कांग्रेस जिल्ला समितीका पूर्व सचिव गिरिराज आचार्यले वीर गणेशमान सिंहको जिवनी माथि प्रकाश पारेका थिएभने नगर सभापति श्याम पोख्रेलले द्धिप प्रज्वलनमा सहभागीहरुलाई धन्यवाद प्रकट गरेका थिए।


कार्यक्रममा १६ नं वडाअध्यक्ष मुरारी प्रसाद भट्टराई, १ नं वडाअध्यक्ष यज्ञमणि आचार्य, निवर्तमान मेयर तिलक राई लगायत पार्टीका स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।