डेंगु बिरामी उपचारमा व्यक्ति र संस्थाको भूमिका प्रशंसनिय

धरानमा डेंगुको महामारी बढ्दै गएको छ। धरान उप–महानगरपालिका स्वास्थ्य महाशाखाका रेकर्डमा शनिवारसम्म डेंगु संक्रमितकोे संख्या ९ हजार ९ सय ७३ पुगेको छभने १० जनाको डेंगु संक्रमणकै कारण मृत्यु भएको उल्ल्ेख गरिएको छ।
डेंगुका बिरामीहरु अहिले धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर हस्पिटल, पोली क्लिनीक लगायतका स्वास्थ्य संस्थाहरुमा भरिभराउँछन्। त्यती मात्र कहाँ हो र धरानको पुरानो अस्पतालमा बनाईएको डेंगु उपचार केन्द्र, धरान १३ नं. वडा, १४ न.ं वडा र १५ न.ं वडाको आधारभूत स्वास्थ्य केन्द्र पनि डेंगुका बिरामीहरुले भरिएका छन्। यसका साथै डेंगु प्रकोप बढ्दै गएपछि सुनसरी उद्योग वाणिज्य संघले पनि प्रदेश तथा स्थानिय सरकारसंगै विभिन्न संघ–संस्थाको सहकार्यमा डेंगु शिविर संचालन गरिरहेको छ।
वास्तवमा, धरानमा एकै घरमा २ जना भन्दा बढी डेंगुका बिरामी हुनथालेपछि उद्योगी व्यवसायीहरुको छाता संगठन सुनसरी उद्योग वाणिज्य संघले गरेको कार्य सह्रानिय छ। हरेक कुरामा स्थानिय सरकारको मात्रै सहयोगको अपेक्षा राखि राख्ने हाम्रो समाजमा आपत्तकालिन अवस्थामा व्यवसायीहरुले पनि डेंगु रोकथामका लागी शिविर संचालन गरेर स्थानिय सरकारलाई सहयोग गरेको छ। व्यवसायीहरु नाफा मात्रै लिने प्रवृति भएको आरोप लाग्दै आएपनि समस्या परेको बेला दिल खोलेर व्यवसायीहरुले पनि सहयोग गर्छ है भनेर आफ्नो उपस्थितीलाई दरिलो बनाएको छ। यसका साथै अहिले धरानमा डेंगुलाई परास्त गर्न वडामा टिएलओंहरु परिचालन गरी डेंगुका लार्भा नष्ट गर्ने अभियान दु्रत गतिमा शुरु गरिएको छभने डेंगु संक्रमित बिरामीहरुका लागी निःशुल्क शिविर चलाउन व्यवसायीहरु कम्मर कसेर लागी परेका छन्। उनीहरुले डेंगु संक्रमित बिरामीका लागी व्यक्तिगत रुपमा आफुले सकेको नगद सहयोग समेत गरेका छन्।
धरानमा डेंगुका बिरामीहरु दिनप्रतिदिन बढ्दै गएपछि पहिलो पटक धरान १३ र १४ नं. वडाले डेंगुका बिरामीहरुका लागी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो। जसमा हालसम्म पनि धरानका दयालु महानुभावहरुले डेंगुका बिरामीहरुका लागी आवश्यक पर्ने औषधीहरु खरिद गरेर वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिरहेको छ। जसले गर्दा डेंगुका बिरामीहरुलाई अनवरत रुपमा उपचारमा कुनैपिन समस्या आएको पाईदैन। यसैगरी धरानलाई डेंगुले कमजेर बनाउँदै लगेपछि अहिले धरानलाई जनस्वास्थ्यको अपित्तकालिन अवस्था घोषणा गर्न सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको विपत्त व्यवस्थापनको बैठकले समेत गृह मंत्रालय तथा कोशी प्रदेशलाई समेत अनुरोध गरेको छ।
“रोग लागेर उपचार गर्नुभन्दापनि रोगै लाग्नु नजाती” भने झै यसअघि जती संक्रमित भएपनि अब कुनैपनि स्वस्थ्य व्यक्ति डैंगु संक्रमणबाट पिडित नहोस् भन्नका लागी पनि सिडिओ सुनसरीले चालेको कदम उत्तकै स्वागत योग्य छ। त्यसैले डेंगु नियन्त्रणका लागी अरुले गरेर भईहाल्छनी भन्ने दरिद्र मासिकता त्यागी सबैले साथमा साथ र सकेको सहयोग गर्न अतिआवश्यक छ।(दिव्य रोशनी साप्ताहिकबाट)

One thought on “डेंगु बिरामी उपचारमा व्यक्ति र संस्थाको भूमिका प्रशंसनिय

टिप्पणीहरू are closed.