डिफेण्डिङ च्याम्पियन टाईम्सलाई हराउदै आर्मी हराईजन बास्केटबल रनिङकपको फाइनलमा
दिव्य रोशनी(धरान)/ सातौँ संस्करणको राष्ट्रिय हराईजन बास्केटबल रनिङकप प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको छ।
धरान–१७ स्थित हराईजन बास्केटबल कोर्टमा शुक्रबार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा आर्मीले डिफेण्डिङ च्याम्पियन टाईम्स क्लब काठमाण्डौलाई ८३ का विरुद्ध ८६ स्कोर निकाल्दै फाईनलमा प्रवेश गरेको होे। खेलमा व्यक्तिगत २६ स्कोर गरेका आर्मीका निश्चल महर्जन म्यान अफ द म्याच घोषित भए। उनले नगद १ हजार ५ सय पाए।
भोलि शनिवार हुने फाईनल खेल त्रिभुवन आर्मी क्लब काठमाडौँ र नेपाल पुलिस क्लब काठमाण्डौका बिच हुने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ ५ सय ५५ रुपैया पाउनेछ। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार प्राप्त गर्नेछन्भने उदयीमान खेलाडीले १० हजार नगद प्राप्त गर्नेछन्। प्रतियोगितालाई धरान उप–महानगरपालिकाले संयोजन गरेको छभने गोर्खा बु्रअरी प्रा.लीले मुख्य प्रायोजन गरेको छ। त्यस्तै प्रतियोगिताका सहप्रायोजकहरुमा सेण्ट जोसेफ स्कुल, एम्स एकेडेमी, धरान १७ समाज हङकङ र धरान युके समाज रहेका छन्।
Pingback: best Book of Ra casino in UK 2025
Pingback: ติดต่อโรงงานจีน