सुनसरी १ प्रदेशसभा १(क) मा एमालेका रमेश बस्नेतलाई फराकिलो अग्रता

दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य जारी रहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार आज विहिवार दिनको २ः३० बजेसम्म २८ हजार ८१ मत गणना हुदा नेकपा एमालेका रमेश बस्नेतले फराकिलो अग्रता लिएका छन्। नेकपा एमाले सूर्यका रमेशले ८०८२ मत पाएकाछन्भने नेपाली काग्रेस (रुख)का उमेश थापाले ६९७७ मत पाएको छ। यसैगरी राप्रपा हलोले ६३९०, दाप सहितको खुकुरीले ६९०, लौरोले ८१९, ढाका टोपीले ८७, तिरले १७५, पानीको धाराले ७५८, ब्याडमिन्टनको कर्कले १६, जिपले १४, डल्फिनले २२, हजारी चिन्हले ११७, लालटिन २६०४ र पंखाले ३६ मत पाएका छन्।

टिप्पणीहरू are closed.