सुनसरीक्षेत्र नं १ मा प्रतिनिधीसभातर्फ ७४३६ मत गन्दा माओवादी अगाडी
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य अहिले भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार मंगलवार दिउसो २ः१५ बजेसम्म ७ हजार ४ सय ३६ मत गणना हुदा नेकपा माओवादी अगाडी देखिएको छ। जसमा नेकपा माओवादीको चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले १५५५ मत पाएको छभने जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले १३४१, घण्टी(गोमा तामाङ)ले १२८८ र खरायो(मनोज मेन्याङवो)ले ११५४ मत प्राप्त गरेको छ।
यसैगरी राप्रपाको चुनाव चिन्ह हलोले १०५६, पानीको जारले २०९, सुर्यमुखी फुलले १३०, घन्टाघर(कुमार कार्की)ले १४४, लाउड स्पीकरले ३०, कुखुराको भालेले ९, क्रस खुकुरीले १३, सेलरोटीले १६, चापाकलले १३, दाप सहितको खुकुरीले २८, ढाका टोपीले ७, पानीको फिल्टरले १५, छत्रेटोपी ६, तिलहरी ३, पुतली ८ र ताराले ३९ मत ल्याएका छन्।
Pingback: บริการขอ อย
Pingback: ฆพ
Pingback: prozac and zoloft
Pingback: 123bet เข้าสู่ระบบ