सुनसरीक्षेत्र नं १ मा प्रतिनिधीसभातर्फ माओवादीलाई अग्रता

दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य अहिले भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार मंगलवार दिउसो ३ः१८ बजेसम्म ७ हजार ९ सय ३७ मत गणना हुदा नेकपा माओवादी अग्रता लिएको छ। जसमा नेकपा माओवादीको चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले १७३८ मत पाएको छभने जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले १४५२, घण्टी(गोमा तामाङ)ले १३९३ र खरायो(मनोज मेन्याङवो)ले ११८१ मत प्राप्त गरेको छ।
यसैगरी राप्रपाको चुनाव चिन्ह हलोले १०७७, पानीको जारले २२७, सुर्यमुखी फुलले १३८, घन्टाघर(कुमार कार्की)ले १४५, लाउड स्पीकरले ३३, कुखुराको भालेले १०, क्रस खुकुरीले १६, सेलरोटीले १७, चापाकलले १६, दाप सहितको खुकुरीले ३५, ढाका टोपीले ८, पानीको फिल्टरले २०, छत्रेटोपी ६, तिलहरी ३, पुतली ८ र ताराले ४२ मत ल्याएका छन्।