धरानमा चलचित्र “महापुरुष” को प्रेस शोः चलचित्र उत्कृष्ट बनेको संचारकर्मीहरुको प्रतिक्रिया

दिव्य रोशनी(धरान)/ धरानमा नेपाली चलचित्र “महापुरुष”को प्रेस शो गरिएको छ।
ईटहरीको ईलाईट सिनेमा हलमा चलचित्र “महापुरुष”को प्रिमियर शो गरिएको एकसाता पछि आज बुधवार धरानको फ्रेण्डस् सिनेमामा प्रेस शोको आयोजना गरिएको थियो। प्रेस सोमा धरानका संचारकर्मी लगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो।
प्रेस शोमा पुगेका संचारकर्मीहरूले चलचित्र उत्कृष्ट लागेको प्रतिक्रिया दिएका छन्। फिल्म अवधिभर हुटिङ र हाँसोले हल भरिएको थियो।“एकल बाबु”को जीवनमा आधारित चलचित्र महापुरुषलाई दर्शकहरुले औधि रुचाएका थिए।
चलचित्रमा अधिकांश समय हँसाउने र केही दृश्यले भने दर्शकहरुलाई रुवाउने गर्दछ। एकल पुरुषको प्रेम र प्रेमपछिको विवाहको कथामा चलचित्र आधारित रहेको छ।


यस चलचित्रमा अभिनेताहरू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रलाई जात्रा, जात्रैजात्रा, शत्रु गते लगायतका चलचित्र निर्देशन गरेका प्रदीप भट्टराइले निर्देशन गरेका हुन्। षट्कोण आर्ट्स प्रालिको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता दीपेश खत्री हुन्।
चलचित्र “महापुरुष” कात्तिक ११ गते शुक्रवारदेखी देशव्यापी रुपमा प्रदर्शनमा आएको छ।

9 thoughts on “धरानमा चलचित्र “महापुरुष” को प्रेस शोः चलचित्र उत्कृष्ट बनेको संचारकर्मीहरुको प्रतिक्रिया

टिप्पणीहरू are closed.