घरवार विहिन राधालाई कांग्रेसको सहयोग

दिव्य रोशनी(धरान)/ घरवार विहिन भएका राधा बराललाई नेपाली कांग्रेसले घर निर्माणका लागि सहयोग गरेको छ ।
नेपाली कांग्रेस धरान १५ ले घरवार विहिन भएका राधा वराललाई घर निर्माण गर्न तेत्तिस हजार सातसय दश रुपैया सहयोग गरेको हो । शुक्रवार नेपाली कांग्रेस, १५ नंं. वडा कार्यसमितिले आयोजना गरेको आय व्यय प्रस्तुत तथा आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धि छलफल कार्यक्रममा जिल्ला सहसचिव गणेश सुब्बा, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा १(१) सचिव युवराज शंकर, वडा सभापति डम्बर गुरुङले उनलाई सहयोग हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जिल्ला सहसचिव गणेश सुब्बाले संघ र प्रदेशको चुनावमा सबै एक भएर होमिनुपर्ने बताए । क्षेत्रीय सभापति सुजेन्द्र तामाङले वडामा गठन भएका सबै टोल कार्यसमितिहरुसंग प्रभावकारी समन्वय र सहकार्य गरेर टोल लक्षित कार्यक्रम र सामाजिक कार्यक्रमहरु गर्न वडाले आफै कार्यक्रम तय गर्नुपर्ने बताउंदै क्षेत्र, प्रदेश र नगरले पनि छुट्टै कार्यक्रम लिएर वडा र टोलहरुमा आउने बताए । उनले अहिले नगरले हरेक महिना रक्तदान र क्षेत्रले हरेक महिना स्वास्थ्य शिविर गरिरहेको बताउंदै सामाजिक क्षेत्रमा पार्टीले निरन्तर कार्यक्रम गर्नुपर्ने बताए ।
वडा सभापति डम्बर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा १(१) समितिका सहसचिव तथा स्थानीय तह निर्वाचनका आर्थिक समिति संयोजक हरि ओझाले निर्वाचन सम्बन्धि आय–व्यय र वडा उपसभापति डिकबहादुर तामाङले कार्यसमितिको आय–व्यय प्रस्तुत गरेका थिए भने वडा सदस्य विमला घिमिरेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव राजकुमार श्रेष्ठले गरेका थिए।

7 thoughts on “घरवार विहिन राधालाई कांग्रेसको सहयोग

टिप्पणीहरू are closed.