आगलागी पीडित परिवारलाई आर्थिक सहयोग

दिव्य रोशनी (धरान)/ नेपाली कांग्रेस धरानकी महिला नेतृहरुले आगलागीबाट पीडित भएका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
उनीहरुले सोमबार धरान १७ स्थित एक घरमा ग्याँस पड्केर आगलागी भएको पीडित परिवारलाई आर्थिक सहयोग गरेको हो । महिला नेतृहरुले नगद संकलन गरेर आगलागीबाट विस्थापित भएका परिवारलाई ६ हजार १ सय रुपैयाँ हस्तान्तरण गरिएको नेपाली कांग्रेस धरानकी नेतृ एवं कोषाध्यक्ष पञ्चकला राईले जानकारी दिईन्। गत शुक्रबार आगलागीबाट रिमला राईको काठको पुरानो शैलीको घर जलेर नष्ट भएको थियो । उक्त घरमा भाडामा सिर्जना विक र महेन्द्र विकको दुई परिवार बस्दै आएका थिए ।