आज चैते दशैं

दिव्य रोशनी(धरान)/ आज चैते दशैं। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दसैँ मनाईने गरिन्छ ।
चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएकाले रामनवमी पर्वका रुपमा मनाउने गरिन्छ ।
चैते दशैंको अवसरमा देशका विभिन्न शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास रहि आएको छ।

1,206 thoughts on “आज चैते दशैं

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *