“ओ व्यस्त जीवन” लिएर आए ज्ञान सुब्बा

दिव्य रोशनी(धरान)/ अढाई दशक अघिदेखि धरानको सांगीतिक माहौलमा हुर्किएका गायक ज्ञान सुब्बाले नयाँ गीति म्युजिक भिडियो “ओ व्यस्त जीवन” लिएर आएका छन्।
आफ्नै युट्युव च्यानल “ज्ञान सुब्बा” मार्फत् सार्वजनिक गरिएको उक्त गीतमा रविन वान्तवा (खावोहाङ) राईको शब्द/संगीत रहेको छ। हङकङलाई कर्मथलो बनाएका गायक सुब्बाले गीतकार तथा संगीतकार रविन वान्तवा (खावोहाङ) राईको र आफ्नै व्यस्त जीवनलाई गीत/संगीत मार्फत् उजागर गरेको अनुभव यस गीतका प्रत्येक शब्दहरु मार्फत् दर्शाएका छन्। उक्त गीतलाई निर्देशक सोनाम पाख्रिनले निक्कै आकर्षक रुपमा भिडियोमा उतारेका छन् । म्युजिक भिडीयोमा नायिका छुल्ठिम गुरुङ्ग, बाल कलाकार सरगम राई र निर्देशक पाख्रिन स्वयंले अभिनय समेत गरेका छन् ।
भावना रेकर्डिङ्ग स्टुडियो धरानमा रेकर्ड गरिएको उक्त गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका छन्। साथै उक्त भिडीयोलाई मीन विस्टले मिक्सिङ्ग तथा बुद्ध थापाले छायांकन गरेका छन्भने सुशिल न्यौपानेले सम्पादन गरेका छन्।

गायक ज्ञान सुब्बा


संगीतको सारेगमपामा निखारिएका गायक ज्ञान सुब्बाले त्यो समयमा पनि एउटा एल्बम बजारमा ल्याएका थिए । तर आफुलाई चित्त नबुझेपछि दर्शक–श्रोताहरुलाई समेत सुनाउन हिच्किचाएका गायक सुब्बा करिब दुई दशकको सांगीतिक अभ्यासपछि एक्कासी “तिम्रो प्रतिक्षा” एल्बमका साथ देखा परेका थिए। सो एल्बमको “हिउँदोको घाम जस्तै…” बोलको गीतले राम्रै चर्चा बटुलेको थियो । पल शाह र अलिशा राईको जोडी पनि सोही गीत मार्फत् स्टारका रुपमा उदाएका थिए।
आधुनिक गीतहरु गाउन मन पराउने गायक ज्ञान सुब्बा हाल ५ वर्षदेखि लगातार आफ्ना गीतहरु नेपाली सांगीतिक आकाशमा निरन्तर पस्किरहेका छन्।

म्युजिक भिडियो लिंक ः

https://youtu.be/UsgqKyDVIiw

44 thoughts on ““ओ व्यस्त जीवन” लिएर आए ज्ञान सुब्बा

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *