सौन्दर्यतामा पानीको वाफ

दिव्य रोशनी/ अनुहार कसरी सुन्दर बनाउने?कसरी मुलायम बनाउने?कसरी ताजा बनाउने? अक्सर हामी यसैको खोजीमा हुन्छौं।
त्यसैले त कहिले थरीथरीका सौन्दर्य प्रसाधन प्रयोग गरिरहेका हुन्छौं, कहिले पार्लर धाइरहेका हुन्छौं।अनुहारको सौन्दर्यले समग्र व्यक्तित्वमा प्रभाव पार्छ।त्यसैले सकेसम्म हामी अनुहारलाई आकर्षक, दागरहित, ताजा देखाउन चाहन्छौं।
त्यसो त अहिले अनुहार चम्काउनका लागि बजारमा थरीथरीका कस्मेटिकस उत्पादन छन्।थरीथरीका उपचार विधी पनि छन्।प्लाष्टिक सर्जरीसम्मका सुविधा उपलब्ध छन्।यद्यपी प्राकृतिक ढंगबाट जति प्रभावकारी हुन्छ,त्यती प्रभावकारी अन्य विधी हुँदैन। अझ कस्मेटिक्सको प्रयोगले दुष्प्रभाव पार्न सक्छ।किनभने केमिकलयुक्त त्यसता उत्पादनले क्षणिक रुपमा नतिजा दिएपनि दीर्घकालिन रुपमा छालालाई नोक्सान गर्छ।
त्यसैले छालाको स्याहारका लागि महंगा बजारिया उत्पादनहरुभन्दा घरेलु विधि प्रभावकारी हुन सक्छ। यसले छालालाई चम्काउने मात्र होइन,पोषण दिने काम पनि गर्छ।आफ्नो छालाको प्रकृतिअनुसार घरेलु उपाय छनोट गर्न सकिन्छ।यसमध्ये वाफ लिनु पनि अति फाइदाजनक मानिन्छ। आमरुपमा मानिसहरु रुघाखोकी लाग्दा मात्रै वाफ लिने सोच्छन्, तर यस्तो होइन।
वाफ लिनु पनि एउटा ब्यूटी ट्रिटमेन्ट हो। फेस स्टिमिङ गरेर तपाईं आफ्नो अनुहारमा चमकका साथै ताजापन पनि ल्याउन सक्नुहुन्छ।तर, यसका लागि वाफ लिने सही तरिका थाहा हुनुपर्छ।वाफ लिनका लागि स्टिमर वा एउटा बाल्टिनमा तातोपानी लिनुपर्छ।वाफ लिने क्रममा पुरा अनुहारलाई राम्रोसित कपडाले ढाकौं ताकि वाफ बाहिर नजाओस्।
वाफ लिनुका फाइदा
१.छालाको मैलो सफा हुन्छ। यसले छालामा रहेका मसिना छिद्रहरु खुल्छन् र त्यसभित्र रहेको फोहोर पनि सफा हुन्छ। यसले त्वचामा निखार आउँछ।
२. स्टिम लिँदा डेड स्किन पनि सजिलै सफा हुन्छ।यसले छालामा प्राकृतिक चमक आउँछ।
३.यसले डण्डीफोर तथा चाउरीलाई कम गर्छ र भविष्यमा हुन सक्ने सम्भावना पनि घटाउँछ।
४.यसबाट छालाको मोइस्चर ब्यालेन्स कायम रहन्छ।जसले गर्दा छाला फुस्रो र बेजान देखिँदैन।

335 thoughts on “सौन्दर्यतामा पानीको वाफ

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *