सुधार नेपालको निःशुल्क आँखा स्वास्थ्य शिविर (भिडियो सहित)
दिव्य रोशनी(धरान)/
सुधार नेपालको आयोजनामा एकदिने निःशुल्क आँखा स्वास्थ्य शिविरको आयोजना गरिएको छ। शनिवार धरान ८ भोटेपुल स्थित सुधार नेपालको कार्यालयमा भएको स्वास्थ्य शिविरमा ४ सय ५० जना आँखाका बिरामीहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको सुधार नेपालका अध्यक्ष निनाचन्द्र्र राईले जानकारी दिए। उनले शिविरमा ४७ जना बिरामीहरुमा मोतिया विन्दु देखिएकाले ३७ जनालाई निःशुल्क अप्रेशनका लागी विराटनगर पठाईएको र बाँकी १० जनालाई आगामी हप्ता अप्रेशनका लागी पठाउने तयारी भईरहेको समेत जानकारी दिए।
अध्यक्ष राईका अनुसार आँखाका बिरामीहरुलाई निःशुल्क रुपमा औषधी (आई ड्रप) वितरण गरिएको थियोभने सहुलियत दरमा चश्मा समेत बिक्री वितरण गरिएको थियो।
निःशुल्क आँखा स्वास्थ्य शिविरलाई तिलगंगा आँखा अस्पताल प्रतिष्ठानको व्यवस्थापनमा संचालित रामलाल गोल्छा आँखा अस्पतालले प्राविधिक सहयोग पुर्याएको थियो।
अध्यक्ष राईले शिविरलाई सफल बनाउनका लागि सहयोग गर्नुहुने रामलाल गोल्छा आँखा अस्पतालका प्राविधिक, स्थानीय स्काउटका स्वयंसेवक तथा स्वयंसेविका, विभिन्न संस्थाका पदाधिकारी, बुद्धिजिवी तथा सुधार नेपालका पदाधिकारीहरुमा आभार समेत प्रकट गरे।
समाजमा रहेका विकृति तथा विसंगतीहरुलाई सुधार गर्दै समाजलाई उन्नयनको बाटोमा लैजान २०८१ सालमा स्थापना गरिएको सुधार नेपालले स्थापनाको छोटो समयमै वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छभने युवापुस्ताहरुलाई पत्रकारिता तालिम तथा स्थानिय तहहरुलाई खबरदारी समेत गर्दै आईरहेको छ। (दिव्य रोशनी साप्ताहिकबाट)