हङकङका नेपाली महावाणिज्यदुत संग राष्ट्रिय फुटबल टोलीको भेट

हङकङका लागि नवनियुक्त नेपाली महावाणिज्यदुत डा. विन्देश्वर लेखकले राष्ट्रिय फुटबल टोलीका सदस्यसंग भेटघाट गरेका छन्।
बुधबार काउलुन इष्टमा भएको भेटकाक्रममा महावाणिज्य दूत डा. लेखकले हङकङसंगको मैत्रीपूर्ण खेलका लागि शुभकामना दिए । महावाणिज्यदूत भएर गए पछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका डा. लेखकले राष्ट्रिय टोलीलाई स्वागतको क्रममा आफुपनि निकै उत्साहित भएको बताए। नेपालका राष्ट्रिय खेलाडीहरूलाई हङकङमा भेट्न पाउदा आफु ज्यादै खुसी भएको बताउँदै भने “मेरो पनि नेपाली फुटबल टोलीलाई ठूलो समर्थन रहेकोले नेपाली टोलीलाई जितको शुभ कामना छ। मेरो शुभेच्छा सँधै टोलीको साथमा रहेको छ।”


भेटघाटमा टोली व्यवस्थापक टंकलाल राईले खेलाडी परिचय र टोलीको कार्यक्रमबारे जानकारी गराएका थिए । हङकङ सरकारद्वारा बिहिवार आयोजना भएको सो मैत्रीपुर्ण खेलमा नेपाल र हङकङ बिच बराबरीमा टुँगिएको थियो। यसै हप्ता चिनियाँ विदेश मन्त्रीको निमन्त्रणामा नेपालकी विदेश मन्त्री डा. आरजु राणा हङकङ पुगेकी थिईन्। परराष्ट्र मन्त्रालयका पदाधिकारी र नवनियुक्त राजदूत सहित चिनिया मन्त्रीहरूको भेटमा दुई देश बीच आपसी सम्बन्ध सुदृढ गर्दै व्यापार,पर्यटन क्षेत्रको विकाशका लागि आपसी छलफल गरिएको बताईन्छ! हङकङ पुगेकी परराष्ट्र मन्त्री र नवनियुक्त वाणिज्यदुतलाई हङकङमा बस्ने नेपाली समाजका अगुवाहरूले भव्य स्वागत तथा सम्मान गरेका थिए। परराष्ट्र मन्त्रीको स्वागत सत्कारको संयोजन नेपाल हङकङ महासंघका पुर्व अध्यक्ष टंक रानाले गरेका थिए।